मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०९:२५
वासिङटन डिसी 23:40

नासाद्वारा नेपालीसंस्थाहरुसंग कोरोना भाइरस बारे छलफल

इनेप्लिज २०७६ चैत १७ गते २१:२० मा प्रकाशित

नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका(नासा) द्वारा कोरोना भाइरस सम्बन्धि विभिन्न राज्यका नेपाली संघ/संस्थाहरुका प्रतिनिधिहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । सो छलफल कार्यक्रममा दक्षिण पूर्वी क्षेत्रमा भएका सबै राज्यमा रहेका नेपालीहरुलाई कोरोना भाइरसले पारेको प्रभावका बारेमा र भोलीका दिनमा अपनाउनु पर्ने सतर्कताका बारेमा छलफल भएको थियो ।

सो छलफलमा आफ्ना भनाई राख्दै नासाका अध्यक्ष बिनय अर्यालले यो क्षेत्रमा कोरोनाको प्रभाव बढ्दै गएको हुँदा सबै नेपालीहरु सकेसम्म घरमै बसेर सुरक्षित हुनु अनुरोध गर्नु भयो । यदि संक्रमित भै हाल्यो भने सो कुरा नलुकाईकन परिवार र समुदायका व्यक्तिहरुलाई जानकारी दिनु पर्ने र सोका लागि नेपाली संघ/संस्थाका अगुवाहरुले जनचेतना जगाउन लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।

सोही क्रममा कोरोनाको प्रभावको बारेमा जानकारी दिदै नेपाली अमेरिकन मेडिकल एसोसिएसनका अध्यक्ष सन्तोष सापकोटाले बिश्व स्वास्थ्य संघ र सिडिसीका मार्गदर्शनलाई सबैले अबलम्बन गर्नु पर्ने बताउनु भयो ।

सापकोटाका अनुसार सिडिसीले नयाँ लक्षण थप भएको बताउनु भयो जुन कोभिड-१९ लागेको व्यक्तिलाई स्वाद र गन्धको कुनै अनुभूति हुन् छाड्ने हुँदा त्यसमा सतर्कता हुन् अनुरोध गर्नु भयो ।

सोही कार्यक्रममा सानका अध्यक्ष मंजु संग्रौलाले अहिले सबै नेपालीका लागि मेन्टल हेल्थ ( मानसिक स्वास्थ्य)को जानकारी गराउनु पर्ने अपरिहार्यता रहेको बताउनु भयो ।

नासाका महासचिव कृष्ण श्रेष्ठले अहिलेको यो तनावपूर्ण वातावरणमा रहेका नेपालीहरुलाई तनावमुक्त गराउन ध्यान( मेडिटेसन) को आवस्यकता रहेको हुँदा नासाले छिट्टै अनलाईन (साङ्गणिक)मार्फत कार्यक्रम ल्याउने जानकारी दिनु भयो ।

योगा र ध्यान कार्यक्रम दुई चरणमा दुई समूहमा गरि युवा र अभिभावकहरुका लागि संचालन गरिने जानकारी दिईयो । सो छलफल कार्यक्रममा नर्थ क्यारोलाइना,साउथ क्यारोलाइना,फ्लोरिडा,जर्जिया,अलाबामा,मिसिसिपी,भर्जिनिया,टेनेसी लगायतका नेपाली संघ/संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सो छलफलमा आ-आफ्नो राज्य तथा शहरमा हाल सम्म रहेका नेपालीहरु सुरक्षित रहेको तथा भोलीका लागि सतर्कता समेत अपनाईएको सबै संघ/संस्थाहरुका प्रतिनिधिहरुले बताउनु भएको थियो ।

छलफलको अन्त्यमा यस सम्बन्धमा कुनै आपतबिपत परेमा सबै एकजुट भएर समस्याको समाधान गर्नु पर्ने कुरामा सबैले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया