आइतबार, चैत १६ २०७६
काठमाडौं ०६:३१
वासिङटन डिसी 20:46

हिमाल एन्ड रक्षले उचाल्यो दोश्रो वेगनास कपको उपाधी

इनेप्लिज २०७६ फागुन १८ गते १७:४० मा प्रकाशित

सचिन रानाभाट
फागुन १७, पोखरा

महाशिवरात्रीको अवसरमा वेगनास ताल किनारमा आयोजित दोश्रो सेभेन ए साईड वेगनास कपको उपाधी हिमाल एन्ड रक्ष मेमोरियलले जितेको छ। शनिबार सम्पन्न फाईनल खेलमा शिशुवा एफ सि माथी शुन्यका विरुद्ध १ गोल अन्तरले पराजित गर्दै उसले उपाधी कब्जा गरेको हो।

पहिलो हाफ गोल रहित वरावरीमा रहेको खेलमा दोश्रो हाफको अन्तिम मिनेटमा क्याप्टेन निस्चल गुरुङको थ्रो बल लाई बेल प्रसाद गुरुङले हेड गर्दै जाली चुमाएका थिए। गुरुङको गोल नै निर्णायक गोल बन्दा शिशुवा एफ सि स्तब्ध बनेको थियो । प्रशस्तै अवसर सिर्जना गरेको शिशुवा एफ सि का अवसर हरुलाई हिमाल एन्ड रक्षका गोल किपर रोमन थापाले बिफल तुल्याएका थिए।

उपाधी संगै हिमाल एन्ड रक्ष मेमोरियलले नगद रु १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने उप बिजेतामा चित्त बुझाएको शिशुवा एफ सि ले नगद रु ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । प्रतियोगिताको म्यान अफ दि म्याच हिमाल एन्ड रक्षका वेल प्रसाद गुरुङ वने। उनले उच्च गोलकर्ताको उपाधी समेत प्राप्त गरे। उत्कृष्ट खेलाडीको पुरस्कार बेगनास रेडका सन्तोष गुरुङले हात पारे। उनले कृशाला स्मार्ट वर्ल्ड पृथ्वीचोकको तर्फ वाट एउटा स्मार्ट फोन समेत प्राप्त गरे । उत्कृष्ट गोल रक्षक शिशुवा एफ सि का रोशन क्षेत्रीले हात पारे। उनिहरुले जनही रु ५र५ हजार प्राप्त गरेका छन् । त्यस्तै अनुशासित टिमको उपाधी राईजिङ्ग स्टार युथ क्लवले प्राप्त गरेको छ। प्रतियोगितामा विभिन्न स्थानका ३० टिमको सहभागिता रहेको थियो।

सोही कार्यक्रममा स्वर्गीय धन बहादुर गुरुङको स्मृतिमा आयोजित छेलो प्रतियोगिताको उपाधी लमजुङका सुभाष बिकले जितेका छन् । उनले साढे सात किलो को छेलो लाई १६ मिटर १० ईन्च टाढा फालेर उपाधी कब्जा गरेका हुन्। उनले उपाधी संगै नगद रु २० हजार संगै ट्रफी र मेडल हात पारेका हुन्।

उक्त समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा पोखरा महानगरका मेयर मानबहादुर जिसि, क्लवका अध्यक्ष राम राना भाट, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रघर आत्रेय, पुर्व अध्यक्ष दुर्गा प्रसाद अधिकारी, प्रतियोगिता संयोजक सुभाष थकाली लगायतले पुरस्कार वितरण गरेका थिए भने प्रतियोगिताको संचालन सचिन रानाभाटले गरेका थिए ।

 

प्रतिक्रिया