आइतबार, चैत १६ २०७६
काठमाडौं ०६:१६
वासिङटन डिसी 20:31

नेपाल भ्रमण बर्ष २०२० कार्यक्रम ओरेगनमा भब्य रुपमा सम्पन्न

इनेप्लिज २०७६ फागुन १२ गते १:५० मा प्रकाशित

नेपाली समाज ओरेगन्, गैर आबाशीय नेपाली संघ अमेरिका ब्यापार तथा पर्यटन प्रबर्ध्दन कमिटी, गैर आबाशीय नेपाली संघ ओरेगन च्याप्टर र इउजीन्-काठमान्डौ भगीनी शहर संस्थाले संयुक्त रुपमा ३५ औ एसियाली महत्सोबमा सहभागी भई ओरेगनको दोश्रो ठुलो शहर इउजीनमा नेपाल भ्रमण बर्ष २०२० कार्यक्रम भब्य रुपमा मनायो । गत हप्ताको फेब्रुवरी १५ र १६ मा आयोजना भएको उक्त मेलामा नेपालको एउटा बुथ राखी नेपालालाई चिनाउने पोस्टरहरु राखिनुको साथै स्लाईड सो पनि प्रस्तुत गरिएको थियो ।

दुई दिनको उक्त मेलामा करिब दुई हजार जती आगन्तुकले नेपाली बुथको भ्रमण गरेका थिए । मेलाको दोश्रो दिनमा नेपाली सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । सांझमा Eugene-Kathmandu Sister City Association ले डिनरको आयोजना गरेको थियो । सिटी अफ ईउजीन र काठमान्डौ शहर बीच सन १९७५ मा सिस्टर सिटीको सम्बन्ध कायम भएको थियो । उक्त कार्यक्र्ममा NRNA NCC USA का General Secretary पशुपती पान्डे, नेपाली समाज ओरेगन तथा NRNA Oregon Chapater का अध्यक्ष दया शाक्य र NRNA NCC USA, Trade and Tourism Promotion Committee का सदस्य सचिब भरत बांस्कोटाले नेपाल भ्रमण बर्ष बारे प्रकाश पार्नु भएको थियो ।

सोही कार्यक्रमको अबधीमा City of Eugene ले काठमान्डौ लगायत नेपालका अन्य केही शहरहरुमा गएर निकट भबिश्यमा आयोजना गर्ने high rise building अग्नी नियन्त्रण सम्बन्धी तालिम कार्यक्रमलाई NRNA NCC USA ले आबश्यक सहयोग गर्ने बिषयमा पनि अनौपचारिक छलफल भएको थियो ।

भरत बांस्कोटा

सदस्य सचिब

गैर आबाशीय नेपाली संघ अमेरिका, ब्यापार तथा पर्यटन प्रबर्ध्दन कमिटी

प्रतिक्रिया