इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गत मंगलबार वाशिङ्टनमा अमेरिकी सांसदहरूसँगको भेटअघि स्पष्ट पार्दै अमेरिका र इजरायलले गाजाबाट प्यालेस्टाइनीहरुलाई जबरजस्ती निकाल्ने योजना नबनाएको स्पष्ट पारे ।
हामी कसैलाई निकाल्न खोजिरहेका छैनौं। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जबरजस्ती हटाउने कुरा भनेका होइनन् ,उनले भने । राष्ट्रपति डोनाल्ड ट्रम्पले विकल्प दिने कुरा गरेको हो,नेतन्याहुले पत्रकारहरूलाई बताए।
“प्यालेस्टाइनीहरूले पनि स्वतन्त्र निर्णय लिने अधिकार पाउनु पर्छ। यदि उनीहरू गाजा छाड्न चाहन्छन् भने, हमासको बन्दुकको आड मा जबरजस्ती रोकिनु हुँदैन।”
नेतन्याहुले भने, अमेरिका र इजरायलले स्थानान्तरण योजना पुनः सक्रिय गरे पनि त्यो “स्वेच्छाले गाजा छाड्न चाहनेहरू”का लागि मात्र हो। जबरजस्ती बसाइँसराइ गराउने कुनै योजना नरहेको उनले जोड दिए।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार व्हाइट हाउसमा नेतन्याहुसँगको भेटमा छिमेकी देशहरूबाट “प्यालेस्टाइनीहरूलाई स्वागत गर्ने ठूलो सहयोग” पाइरहेको बताएका थिए। नेतन्याहुले पनि “हामी केही देशहरूसँग सहमतिको नजिक पुगेका छौं” भनेका थिए।
प्रतिक्रिया