बिहीबार, फागुन ८ २०७६
काठमाडौं ००:३२
वासिङटन डिसी 13:47

एनआरएन अमेरिकाको नवौ सम्मेलन (AGM) कोलोराडोमा हुने

नातिबाबु भट्ट २०७६ माघ ६ गते २:११ मा प्रकाशित

नातिबाबु भट्ट
जनवरी १९ , २०२०
कोलोराडो, अमेरिका

एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष कुमारजंग कार्कीको अध्यक्षतामा संस्थाको पहिलाे बैठक सम्पन्न भयाे । जनवरी १८ शनिवारका दिन याक एण्ड यती रेष्टुरेण्टमा सम्पन्न कार्य समिती ( २०१९ – २०२१ ) को पहिलाे बैठकले एनआरएन अमेरिकाको नवौ सम्मेलन (AGM) कोलोराडोमा गर्ने एनसीसी अमेरिकाको निर्णयलाइ सधन्यवाद आत्मसात गर्दै कोलोराडोमा रहेका विभीन्न संघसंस्था र अग्रजहरुको सुझाव, सहयोग , सहभागिता एवं सल्लाहमा (AGM) लाइ सफल बनाउने नियर्ण गरेको छ ।

त्यसैगरी बैठकले नोमीनेशन गरेर पनि प्राविधिक कारणबस रिक्त रहेको उपाध्यक्ष र बोर्ड अफ डाइरेक्टरमा क्रमश रामचन्द्र ( आरसी ) पन्त र शम्भु शर्मालाइ नियुक्त गर्ने निर्णय गर्दै ५ सदस्सिय सल्लाहकार समिती चयन गरेको छ ।

यसरी बैठकाे सर्वसम्मतीमा चयन सल्लाहकार समितीका सदस्यहरूमा क्रमश धर्मराज श्रेष्ठ, गणेश भन्डारी, बासूदेव खनाल , राज ( लीलानाथ ) ढूंगाना, कृष्णप्रसाद अधिकारी रहेका छन् ।

उक्त वैठकमा अध्यक्ष कुमारजंग कार्की ,सचिव नवराज न्यौपाने ,कोषाध्यक्ष विष्णु पौडेल (प्रकाश) ,यूथ कोओर्डिनेटर दीपक सूनूवार, महिला कोओर्डिनेटर दीपा भट्टराई बोर्ड अफ डायरेक्टरहरु क्रमश दीपक ढकाल , प्रेम रेग्मी र रिमा गूरुङ होडा को उपस्थिति रहेको र अर्का बोर्ड अफ डायरेक्टर मोहन श्रेष्ठ लाइ फोन मार्फत जानकारी गराईएको सचिव नवराज न्यौपानेले बताएका छन् ।

प्रतिक्रिया