मंगलबार, माघ ७ २०७६
काठमाडौं १९:२५
वासिङटन डिसी 08:40

न्युयोर्ककी साहित्यकार गीता खत्रीको कथासंग्रह अन्त्यहीन इच्छाको अंग्रेजी प्रति अमाजोनमा उपलब्ध

इनेप्लिज २०७६ पुष २२ गते १:४५ मा प्रकाशित

न्युयोर्ककी साहित्यकार गीता खत्रीको कथासंग्रह अन्त्यहीन इच्छाको अंग्रेजी प्रति अमाजोनमा उपलब्ध हुन् थालेको छ । अंग्रेजीमा सिमलेस डिजायर नामक उक्त पुस्तक लेखिका खत्रीले प्रतिक्रिया दिन आग्रह समेत गरेकी छिन ।

उक्त पुस्तक नयाँ बर्ष सन् २०२० को आगमन सङ्गै साझा प्रकाशनबाट प्रकाशित कथासंग्रह अन्त्यहीन इच्छाको अङ्ग्रेजी प्रति अमाजोनको बजारमा आइपुगेको छ लेखिकाले स्वयम उल्लेख गरेकी छिन् ।

नेपाली सिर्जनशील लेखकहरुलाई प्रोत्साहित गर्न, नेपाली साहित्यिक प्रतिभाहरुलाई विश्व रङ्गमन्चमा उभ्याउन सबैले एउटा पुस्तक किनेर पढन अनुरोध लेखिकाले गरेकी छिन् ।

लेखिकाले विदेशीहरुलाई पनि पढन आग्रह गरि दिन सबैमा आग्रह गरेकी छिन् । साथै विश्वको सबै ठाउँबाट पुस्तक खरिद गर्न सकिने समेत लेखिका खत्रीले जानकारी सामाजिक संजाल मार्फत दिएकी छिन ।

प्रतिक्रिया