शुक्रबार, असोज ३ २०७६
काठमाडौं १७:५४
वासिङटन डिसी 08:09

तनहुँ जिल्ला फुटबल लिगको उपाधि भिमादलाई

मनोज कुमार श्रेष्ठ २०७६ भदौ १२ गते १६:१७ मा प्रकाशित

मनोज कुमार श्रेष्ठ , तनहुँ । तनहुँ जिल्ला पुरुष फुटबल लिगको उपाधी भिमाद क्लबले आफ्नो पोल्टामा पार्न सफल भएको छ । हैरान्स क्लब दमौलीलाई १-० ले पराजित गर्दै जिल्ला लिग उपाधी जित्न सफल भएको हो ।

गत २०७६/५/२ गतेबाट गोरखाको रबर उद्योगको मैदानमा तनहुँ जिल्ला फुटबल संघ तनहुँको आयोजनामा भएको उक्त खेलमा तनहुँबाट १० क्लबको सहभागिता रहेको थियो ।

उक्त फाइनल खेलमा हाफ टाइम सम्म भने दुबै टिम बाटकुनै पनि गोल हुना सकेको थिएन । तर खेलको दोस्रो हाफमा ३८ मिनेटमा भिमाद क्लबको जर्सी न २७ को बिनोद घिमिरेले आफ्नो टिमलाई १ गोलको सगँ टिम लाई उपाधी दिलाएका थिए ।

यसै गरि खेलमा सबै भन्दा धेरै गोल भिमाद क्लबका जर्सी न २७ बिनोद घिमिरेले गरे भने मेन अफ दि मेच हैरान्स क्लबका समिन थापा साथै बेस्ट गोल रक्षाको उपाधी भने भिमाद क्लबका धिराज सुनारले पाएका थिए ।

अब प्रदेश लिगमा भिमाद युथ क्लबले जिल्लाको प्रतिनिधित्व गर्दै खेल खेल्नेछ । पुरस्कार वितरण कार्यक्रम एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठको सभापतित्व तथा एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया