शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०३:२४
वासिङटन डिसी 17:39

डिसी नेपाली समाजको जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम हुने

इनेप्लिज २०७६ साउन ८ गते २२:०० मा प्रकाशित

डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम हुने भएको छ । आगामी अगस्त १५ तारिख बिहीबार जनैपूर्णिमाको दिन ज्योतिष पण्डित राजेन्द्र खनाल तथा अतिविशिष्ठ गुरुहरुद्वारा मन्त्रण गरिन लागेको जनै तथा रक्षाबन्धन पूजन एवम् धारणको कार्यक्रम राखिएको हुँदा यहाँहरूलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा लागि सबैलाई निमन्त्रणा गरिएको छ ।

डिसी नेपाली समाज, अमेरिका अमेरिकाको पूर्वीय भूभाग डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर बस्नु हुने तथा ययस क्षेत्रमा आउनु हुने सबै आमाबुबा दाजुभाई दिदीबहिनीहरु लगायत सम्पूर्ण भक्तजनहरुलाई सदा झैँ डिसी नेपाली समाज, अमेरिकाले निमन्त्रणा गरेको कुरा यसै सूचना मार्फत जानकारी गराउँछौ ।

नोट: जनैपूर्णिमाको दिन क्वाँटी खाने परम्पराको निरन्तरता दिन क्वाँटी तथा प्रसादको पनि व्यबस्था गरिएको छ ।

सबै आगन्तुक तथा भक्तजनहरुलाई पार्किंग लगायत मन्दिरमा आउनका लागि सहज हुने भएकोले यस पालीको जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम दुर्गा मन्दिरमा राखिएको हो ।

Date : August 15, 2019 Thursday
Time : 7:00 AM To 7:00 PM
Program Address :

Durga Mandir

8400 Durga place
Fairfax Station, VA 22039

प्रतिक्रिया