बुधबार, साउन १ २०७६
काठमाडौं ०२:२२
वासिङटन डिसी 16:37

नेपाली नयांबर्ष २०७६ को उपलक्ष्यमा घरबार बिहिनलाई नेपाली खाना वितरण

नातिबाबु भट्ट २०७६ वैशाख १ गते २२:३७ मा प्रकाशित

नातिबाबु भट्ट

कोलोराडो अमेरीका ,

कोलोराडोमा कृयासिल लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आईतबार घरबार बिहिन स्थानीयलाई नेपाली खाना बितरण कार्यक्रम सम्पन्न भयो । लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा झण्डै १ सय ५० घरबार बिहिन स्थानीयहरुले नेपाली खाना दाल, भात, मासु, तरकारी र खीरको स्वाद लिई खुशी साथ खाएका थिए । खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरुको सकृय सहयोग र सहभागिता रहेको थियो ।

आईतबार ११.३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो १ बजे सम्म संचालन भएको थियो । बितरित खाना लायन्सका पदाधिकारीहरुले घर घरमा तयारपारी ल्याएर बितरण गरेका थिए ।

खाना बितरण स्थल आवर सेन्टरमा बिहान ९ बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी लायन्सका ६ नर्थ ईष्टका पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, ग्वोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष मिसायल गिल, ६ नर्थ ईष्टका चेयर पर्शन जोशन श्रेष्ठ, आवर सेन्टरका सुपरभाईजर लगायतका व्याक्तिहरु सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका क्लवका पूर्व अध्यक्ष तथा ६ नर्थ ईष्टका ईन्भारमेन्टल चेयर प्रमोद श्रेष्ठले बताएका छन् ।

लङमन्ट हिमालयज् लायन्स क्लबको सकृयतामा बिगत ४ बर्ष देखी अग्रेजी नयाबर्ष र नेपाली नयाबर्षको उपलक्ष्यमा बर्षको दुई पटक स्थानीय घरवार बिहिनलाई नेपाली खाना बितरण गरिदै आएको क्लबका अध्यक्ष बिकल पराजुलीले बताएका छन् । क्लबले कर्मभुमी अमेरिकामा र जन्म भुमी नेपालमा यस्ता दर्जनौं सामाजिक कृयाकलापहरु गर्दै आएको छ ।

प्रतिक्रिया