बिहीबार, असोज ७ २०७८
काठमाडौं १३:५५
वासिङटन डिसी 04:10

नेपाल र अमेरिका सम्बन्धलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत (रात्रिभोजको तस्बिर र श्रब्य दृश्य सहित )

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी समकक्षी पम्पेओबीच भेटवार्ता

इनेप्लिज २०७५ पुष ४ गते ११:५३ मा प्रकाशित


नेपाल र संयुक्त राज्य अमेरिकाबीच सात दशक लामो सहकार्य तथा साझेदारीलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइकल

रिचार्ड पम्पेओबीच भएको भेटवार्तामा दुवै पक्ष सम्बन्धलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएका हुन् । दुई विदेशमन्त्रीबीच गत मंगलबार डिसेम्बर १८ का दिन वासिङ्गटन डिसीस्थित अमेरिकी विदेश मन्त्रालयमा भेटवार्ता भएको थियो ।

नेपाली दूतावासले जारी गरेको छापा विज्ञप्ति अनुसार भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विविध आयामहरूमा छलफल भएको थियो। परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सरकारका प्राथमिकताहरू माथि प्रकाश पारेका उक्त छापा बिज्ञप्तिमा उल्लेख छ ।

१७ बर्ष पछि नेपाल र अमेरिका बीच द्विपक्षीय औपचारिक वार्ता पछि वासिगटन डिसी नेपाली राजदुतावासले आयोजना गरेको रात्री भोजमा सहभागी हुदै गरेको अवस्था को प्रत्यक्ष प्रसारण :

Posted by Enepalese on Tuesday, December 18, 2018

‘उच्च स्तरीय भ्रमणहरूको आदान प्रदानको माध्यमबाट राजनैतिक सम्बन्धलाई बढावा दिने तथा व्यापार, लगानी र विकास सहायता जस्ता आर्थिक सहयोगको क्षेत्र अभिवृद्धि गर्ने विषयमा विचारहरूको आदान प्रदान भयो’ विज्ञप्तिमा भनिएको छ ।

विदेशमन्त्रीहरुको भेटवार्ता अघि परराष्ट्र सचिव शंकरदास वैरागी र अमेरिकी कार्यबाहक सहायक सचिव अलिस जी. वेल्सले नेतृत्व गरेको प्रतिनिधिमण्डलबीच नेपाल-संयुक्त राज्य अमेरिका राजनीतिक परामर्श बैठक भएको थियो।

बैठकमा नेपाल सरकारका विकास प्राथमिकता, द्विपक्षीय सम्झौताको कार्यान्वयन, मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट नामक परियोजनाको प्रगति, नेपालको शान्ति प्रक्रिया, विकास सहायता, व्यापार, लगानीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयहरूमा छलफल भएको बताइएको छ।

१७ बर्ष पछि नेपाल र अमेरिका बीच द्विपक्षीय औपचारिक वार्ता पछि वासिगटन डिसी नेपाली राजदुतावासले आयोजना गरेको रात्री भोजमा सहभागी हुदै गरेको अवस्था को प्रत्यक्ष प्रसारण :

Posted by Enepalese on Tuesday, December 18, 2018

परराष्ट्रमन्त्री ज्ञवालीको मिलेनियम च्यालेन्ज कर्पोरेसन, राष्ट्रिय सुरक्षा परिषद् र रक्षा मन्त्रालयका अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसको खुसियालीमा नेपाली राजदुताबासमा रात्रि भोजको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा  राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि) ले नेपाली समुदाय तथा बिदेशी कुटनैतिक व्यक्तित्वहरुलाई स्वागत गर्नु भएको थियो । यसै गरि परराष्ट्र मान्ती प्रदिप कुमार ज्ञवालीले बोल्नु  हुदै अमेरिकन सरकारलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा डिसी क्षेत्रका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

तस्बिर :कुमार श्रेष्ठ

प्रतिक्रिया