बिहीबार, असोज ७ २०७८
काठमाडौं १६:२३
वासिङटन डिसी 06:38

अमेरिकामा छठ पूजा भब्य रुपमा सम्पन्न

इनेप्लिज २०७५ कार्तिक २९ गते १:२९ मा प्रकाशित

 

विजय थापा, अमेरिकामा यस बर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको छ । अमेरिकाका केही राज्य तथा शहरहरुमा मात्र मनाईदै आएको छठ पर्व यस बर्ष देखि अमेरिकाका विभिन्न भागमा बिभिन्न शहरहरुमा व्यापक रुपमा मनाईएको छ ।

छठ पर्व मनाउने क्रममा अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको प्रख्यात शहर स्टरलिङ्ग स्थित पोटोम्याक नदीको किनारमा नेपालबाट अमेरिका आएका तराई मधेसका बिभिन्न जिल्लाहरुका नेपाली समुदायको बिशेष अगुवाईमा नेपाल मै मनाउने जस्तै गरि अत्यन्तै उत्साहजनक छठ पर्व मनाएका छन् ।

डिसीमा उदाउदो सूर्यलाई अर्घ अर्पण गर्दै यस बर्षको छठलाई बिदा गर्दै गरेको प्रत्यक्ष प्रसारण : बिश्वराज थापा

Posted by Enepalese on Wednesday, November 14, 2018

गत नोभेम्बर १२ तारिख साँझ देखि मनाउन थालिएको छठ नोभेम्बर १४ तारिखको बिहान समाप्त भएको छ । पवित्रता, निष्ठा र आस्थाको पर्व छठ तराईको ठूलो पर्व हो । अहिले यो पर्व राष्ट्रिय स्वरूप ग्रहण गर्दै अन्तर्राष्ट्रिय बन्दै अमेरिकामा समेत आइ पुगी व्यापक हुदै गएको छ । छठ मूलरूपमा कार्तिक शुक्ल षष्ठीको दिन मनाइने सूर्य उपासनको महान पर्व हो ।

डिसी क्षेत्रमा बसोबास गर्ने र छठ पर्व मनाउन पोटोम्याक नदी किनारलाई छठमय बनाएका थिए । डिसी क्षेत्रमा छठ पर्व मनाउन व्यवस्थापन गर्दै आएका एसोसिएसन अफ नेपालीज इन तराई इन अमेरिकाका(एन्टा)का अध्यक्ष विजय कुमार सिंहले यो व्रतको विधान पवित्र र कठोर छ । जसको श्रद्धा, निष्ठा, विश्वास र आस्थापूर्वक पालना गरिनुपर्छ उनले भने । छठको व्रत बस्ने (व्रती) ले कार्तिक महिनाको शुरुदेखि नै माछा, मासु, लसुन, प्याज, मदिरा, आदि त्याग्नुपर्छ सिंहले भने ।

हरेक बर्ष यसको प्रचार प्रसार तथा सामाजिक संजालको कारण ब्यापक हुदै गएको र अमेरिका नेपालीहरु आउने क्रम बढ्दो भएकोले श्रद्धालुहरु छठ पूजामा वृद्धि हुदै गएको सिंहले बताए । छठ पूजामा नेपालका तराईका बिभिन्न जिल्ला,शहर तथा भारतका विभिन्न राज्यहरुमा यो पर्व मनाउने गरेका श्रद्धालु भक्तजनहरुले पूजामा सहभागी भएका थिए ।

श्रद्धालु भक्तजनहरुलाई प्रसाद बितरण गरिएको थियो भने छठ पर्वको लागि नोभेम्बर १३ तारिखमा साँझघाट तथा नोभेम्बर १४ तारिख बिहानघाटमा बिशेष पूजा अर्चना गरिएको थियो l डिसी क्षेत्रमा तीन दि

न देखी व्रत बसेका व्रतालुहरुले पोटोम्याक नदीको घाटमा पुगेर उदाउँदो सूर्यलाई साक्षी राखेर रातभरि पूजा गरेको हुँ भनी त्यही अर्घ जस्ताको तस्तै देखाएपछि छठ पर्व सम्पन्न भएको हो ।

अर्घमा आफ्नो भाकल अनुसार नाङ्लो, सूर्य बाँसको टोकरी आदिमा अमेरिका मै घर मै बनाइएका ठकुवा, खजुरी, छठका प्रमुख पकवान,केरा,नरिवल ,पान,सुन्तला ,उखु, अदुवा, आदी ईत्यादी चिज अमेरिकामा पाइने जति सबै कुरा जुटाई भगवान् सूर्य देवतालाई चढाएका थिए ।

डिसी क्षेत्रको पोटोम्याक नदीको किनारमा सबै व्रतालुहरु एक अर्कालाई शुभकामनाको साथै ठूलाले सानालाई आशीर्वाद तथा सानाले ठूलाको आशीर्वाद ग्रहण गर्दै छठको प्रसाद साटासाट गरेका थिए । अमेरिकामा व्रत बस्नेहरू नयाँ रातो वस्त्र धारण गरी कम्मरसम्मको पानीमा बसेर अस्ताउन लागेका सूर्यलाई हात जोडेर भक्ति र निष्ठाले पूजा अर्चना गरेका थिए |

अमेरिकामा खरना :

अमेरिकामा अधिकांशले छठ पर्व मनाउन अग्रिम रुपमा नै बिदा मिलाएका थिए । कार्तिक शुक्ल चतुर्थीको दिन नुहाएर खाने गरिन्छ जसलाई नहाखाएके भनिन्छ । त्यसको भोलिपल्ट पञ्चमीको दिन खरना हो । खरनामा व्रतालु चाहिँ दिनभर भोकै बस्छन् । खरना सकिएपछि यसको प्रसाद बाँड्ने चलन पनि छ ।

खरना नगर्नेलाई छठ गरेको नमानिने तर कुनै बाध्यताका कारण षष्ठीको दिनको व्रत बस्न नसकी खरनामात्र गर्नेलाई छठ गरेको मानिन्छ । यसर्थ छठको मुख्यपर्व चाहिँ खरना नै हो । विश्वभरि फैलिँदै गएको छठ नेपालको मौलिक लोकपर्व हो ।

प्रतिक्रिया