बिहीबार, असार ३ २०७८
काठमाडौं २३:०२
वासिङटन डिसी 13:17

न्युयोर्कमा छिमेकि बीच हिउ पन्छाउने निउमा झगडा हुँदा गोलि प्रहार

इनेप्लिज २०७३ पुष २३ गते १४:५९ मा प्रकाशित

एपी ,अमेरिका को न्युयोर्क राज्यमा हिउ पन्छाउने बिषयमा छिमेकि बीच वाक् युद्ध हुदा हुदै रिस थाम्न नसकेर गोलि प्रहार गरेका छन् l तर गोलि चलाउनेले मानिसलाई गोलि नहानी केवल सवारी साधनको पाङ्ग्रामा हानेकोले उनलाई पक्राउ गरिएको एसोसिएट प्रेसले जनाएको छ l

उक्त घटना न्यु योर्क राज्यको बफेलोको करिब ३५ माइल दक्षिण पुर्वमा रहेको क्याटरागस काउन्टी (जिल्ला) को मचिआस शहरमा गत बुधबार घटेको हो l राज्य प्रहरी अनुसार ५५ बर्षिय व्यक्तिले मौखिक भनाभन गरेको र पछि भौतिक रुपमा सामना गरे पछि प्रहरीले उनलाई पक्राउ गरेको छ l

प्रहरी अनुसार विवाद भए पछि बन्दुक निकाली छिमेकिको गाडीको पाङ्ग्रामा हानेको तर छिमेकिलाई कुनै चोट पटक नलागेको बताएको छ l उनलाई लापरवाह जोखिमपूर्ण ,धम्कि तथा अपराधीक हातहतियार धारण गरेको अभियोग लगाइएको छ l उनलाई काउन्टी कारगारमा १० हजार डलर नगद सहित जमानत लिइएको छ l

प्रतिक्रिया