मंगलबार, असार ८ २०७८
काठमाडौं १०:०६
वासिङटन डिसी 00:21

प्रेस काउन्सिल पुरस्कार बोहरा र न्यौपानेलाई

इनेप्लिज २०७३ पुष ५ गते ९:१७ मा प्रकाशित

/fi6«kltaf6 k'/:sf/ k|bfg /fi6«klt ljBfb]jL e08f/Ln] /fi6«klt ejg zLtn lgjf;df cfof]lht ;df/f]xdf …k|]; sfplG;n–;flgdf a}ªs /fli6«o kqsfl/tf k'/:sf/Úaf6 lbj+ut kqsf/ s0f{ af]x/fnfO{ d/0ff]k/fGt k'/:s[t ug'{x'Fb} . af]x/fsf wd{kTgL ddtf af]x/fnfO{ ? b'O{ nfv krf; xhf/ /fzLsf] ;f] k'/:sf/ k|bfg ul/Psf] xf] . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट आज दुई पत्रकारलाई मरणोपरान्त पुरस्कृत गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा दिवङ्गत पत्रकार कर्ण बोहरा र सञ्जय न्यौपानेका धर्मपत्नी क्रमशः ममता र राधिकालाई जनही रु दुई लाख ५० हजार राशिको सो पुरस्कार प्रदान गरिएको हो ।

कञ्चनपुरका पत्रकार बोहराको गत मङ्सिर ८ र ललितपुरका पत्रकार न्यौपानेको गत कात्तिक २० गते अल्पायुमा निधन भएको थियो । मिर्गाैलापीडित धर्मपत्नी ममताको उपचारको रेखदेखका क्रममा कर्णको तथा न्यौपानेको मस्तिष्काघातको उपचारका क्रममा निधन भएको थियो ।

समारोहमा राष्ट्रपति भण्डारीले प्रेस स्वतन्त्रताको उपयोग गर्दा नागरिक स्वतन्त्रता र व्यक्तिको गोपनीयतालाई समेत ख्याल गर्न आग्रह गर्दै पेसागत मर्यादा उच्च बनाउन र पत्रकार प्रोत्साहन गराउन काउन्सिलको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारितालाई सम्मान गर्नु लोकतन्त्रको सम्मान हो भन्दै पत्रकारिताले लोकतन्त्रलाई परिष्कृत तुल्याउन भूमिका निर्वाह गर्ने जनाउनुभयो ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले असल काम गर्दा जीवनकालमा मात्र होइन मरणपछि पनि राष्ट्र र समाजले सम्मान गर्छ भन्ने सन्देश दिन सो पुरस्कार सफल भएको जनाउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले दिवङ्गत पत्रकारद्वयको निधनबाट पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो ।

प्रतिक्रिया