सोमबार, कार्तिक १० २०७७
काठमाडौं ००:४२
वासिङटन डिसी 14:57

डिसीमा ,अपाङ्ग पर्यटकलाई नेपालमा कसरि आकर्षण गर्ने बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ जेठ २३ गते २२:३७ मा प्रकाशित

IMG_0931

वाशिंगटन डिसी ,वाशिंगटन नेपाल फोरम तथा इन्टरनेसनल डेभेलपमेन्ट इन्सटीट्युटको आयोजनामा अपाङ्ग पर्यटकलाई नेपालमा कसरि आकर्षण गर्ने तथा भित्राउने बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो l

IMG_0929भर्जिनियाको आर्लिंगटन पुस्तकालयमा आयोजना भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल बाट आउनु भएका उद्यमी पंकज प्रधानांग तथा इन्टरनेसनल डेभेलपमेन्ट इन्सटीट्युटका संस्थापक सुमन तिम्सिनाले कार्यक्रमको उदेस्य ,काम तथा अवस्था आदी ईत्यादी बारेमा जानकारी गराए l

IMG_0920तिम्सिनाले आफ्नो संस्था तथा अन्य संस्थाको सहयोगमा नेपालमा अपाङ्ग पर्यटकहरुलाई कसरि ल्यान सकिन्छ भन्ने बिषयमा आफ्नो संस्थाले परियोजना अगाडी सारेको बताए भने नेपाल बाट आएका उद्यमी पंकज प्रधानांगले बिस्तृतमा जानकारी दिदै यस्ता पर्यटकलाई नेपालमा ल्याउन सके मात्र नेपालको पर्यटन क्षेत्रमा ठुलो सहयोग हुने बताए l

प्रधानांगले एक श्रब्य दृश्य प्रस्तुत गर्दै उक्त मार्फत अपाङ्गले नेपालका बिभिन्न पर्यटक शहरमा घुमेका दृश्य साथै उनीहरुले गरेका गरेका तथा उनीहरु संग भला कुसारी गरेका आदि ईत्यादी बारेमा दृश्य देखाउदै बिशेष जानकारी दिएका थिए l

नेपालमा अपाङ्ग पर्यटकलाई निकै कठिन र नेपाल आउदा उनीहरुलाई विदेश जस्तो सुबिधा नहुने भएकोले नेपालमा यस्ता पर्यटकको भ्रमण निकै कम हुने बताए l

IMG_0914

तिम्सिना तथा प्रधानागले नेपालमा सोल्टी होटलमा पनि अपाङ्ग पर्यटकलाई सुबिधा दिने जम्मै सुबिधा नभएको तर ह्यात होटलले यस्ता पर्यटकलाई बस्ने र उनीहरुका लागि केहि सुबिधा उपलब्ध गराएको जानकारी गराए l

यस्ता पर्यटकको स्वास्थ्य तथा अन्य बिषयमा उनीहरुलाई हेरचाह गर्न गर्न अस्पताल तथा सरकार संग कुरा भै रहेको बताए l कार्यक्रममा केहि सहभागीहरुले जिज्ञासा राखेका थिए l

IMG_0913

प्रतिक्रिया