“इजरायली रणनीतिक मन्त्री अमेरिका पुग्दै, ट्रम्पसँग सम्भावित भेटघाटको पूर्व तयारी!”

इनेप्लिज २०८२ असार १४ गते १४:१६ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका निकटतम सहयोगी तथा रणनीतिक मामिलाका मन्त्री रोन डर्मर सोमबार अमेरिकाको राजधानी वाशिङ्टन डीसी भ्रमणमा जाने तय भएको सिएनएनले जनाएको छ।

सिएनएनले भ्रमण सम्भावित नेतन्याहू र राष्ट्रपति डोनाल्ड ट्रम्प बीच भेटघाटअघि भइरहेको जनाएको छ ।

ट्रम्प र नेतन्याहूबीचको सम्बन्ध विगतमा बलियो रहँदै आएको छ भने डर्मरको यो यात्रा भविष्यको उच्चस्तरीय भेटका लागि रणनीतिक तयारीको संकेतको रूपमा हेरिएको छ।

ह्वाइट हाउसकी छापा सचिव (सेक्रेटरी )क्यारोलिन लिभिटले गत बिहीबार नेतन्याहूको अमेरिका भ्रमणको मिति अझै नभएको तर राष्ट्रपति ट्रम्प उनीसँग भेट्न खुला छन् भनेकी थिईन ।

गत हप्ता, राष्ट्रपति ट्रम्पले नेतन्याहूविरुद्ध चलिरहेको भ्रष्टाचार मुद्दालाई सामाजिक सञ्जालमार्फत “डायनशिकार” भनेका थिए । नेतन्याहूका समर्थकहरूले यसलाई प्रशंसा गरेका थिए।

प्रतिक्रिया