मंगलबार, असार ८ २०७८
काठमाडौं ०८:२८
वासिङटन डिसी 22:43

एनआरएन अमेरिकाको रफ्तार तिव्रगतिमा !!

इनेप्लिज २०७२ माघ १७ गते २३:०८ मा प्रकाशित

IMG_3292

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फ्रेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । मिति ०१/३०/२०१६ शनिवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले अमेरिकामा गैर आवाशीय योगदानलाई थप मजबुत र प्रभावकारी बनाउन अगुवा समाजसेवी र विद्वत वर्ग रहेको सल्लाहाकार समिति गठनलाई पूर्णता दिने काम गरेको छ । एनआरएन अमेरिकाको रिक्त रहेको बाँकी चार जना सल्लाहकार समितिमा राष्ट्रपति ओबामाका सल्लाहकार संजिता प्रधान ( आईवा),यम अधिकारी (न्युजर्सी), बाबुराम लामा ( न्युयोर्क) घन दवाडी (क्यालिफोर्निया), लाई नियुक्त गरि सल्लाहकार समितिलाई पूर्णता दिईएको हो ।

यसका अतिरिक्त अमेरिकामा रहेका नेपाली समुदायको हितमा काम गर्न भिन्न भिन्न उद्धेश्य रहेको कार्यदल गठन प्रक्रिया समेत सुरु गरेको छ । मातृभूमि नेपालमा गएको प्रलयकारी भूकम्प लगत्तै संघको तर्फबाट अति प्रभावित क्षेत्रमा गरिएको राहत वितरण र स्वास्थ्य परीक्षण अभियानको समिक्षा गर्दै गएको महाभूकम्पमा सिन्धुपाल्चोक जिल्लामा रहेको सेती देवी मा.वि. भूकम्पवाट क्षतिग्रस्त हुँदा पठन पाठनका लागि व्यवधान भएकाले पूनर्निर्माणमा सहयोग गर्ने निर्णय गरिएको छ । त्यसरी नै सिन्धुपाल्चोक जिल्लाकै अर्को क्षतिग्रस्त तीन घरे संस्कृत उच्च मा.वि. बाँडे गाउँको स्कुलाई पनि पूनर्निर्माणमा सहयोग गर्ने निर्णय गरिएको छ ।

त्यसरी नै भूकम्प पिडीत जन समुदायको स्वास्थ्यलाई ध्यानमा राखी मातृभूमि पुनर्निर्माणको अभियानमा अन्तराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारसंग हातेमालो गर्दै नेपालको अति भुकम्पले ग्रसित धादिगं तथा गोरखाका दुर्गम क्षेत्रमा बी पी चिन्तन प्रतिष्ठान सँग सहकार्य गर्दै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न एनआरएन अमेरिकाले सहकार्य गर्ने निर्णय गरेको छ ।
स्मरण रहोस, मातृभूमि नेपालमा गएको प्रलयकारी भूकम्पबाट प्रभावित क्षेत्र गोरखा कै दुर्लभ मा.वि. गोरखामा पहिले नै जस्ता पाता पठाइ सकेको छ।

साथै विश्व प्यारा साईकिलिंगका अभियन्ता काली प्रसाद भण्डारीलाई आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । त्यसरी नै वाल्टीमोर अवस्थित जोन्स हप्किन्स अस्पतालमा ब्रेनट्युमरका कारण अस्पतालमा उपचार गराईरहेका निश्चित श्रेष्ठलाई पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नेपालीहरूको विदेश माईग्रेसन गति वढदै गएको अवस्थामा कुन देशमा नेपालीको संख्या कति छ भन्ने एकिन नभएकोले सहि डाटा संकलन एनआरएनले नै राख्नु पर्दछ भन्ने आम जन समुदायको धारणालाई मध्य नज़र गर्दै एनआरएन अमेरिकाले हार्रवर्ड विश्व विद्यालयका प्राध्यापक डा शिव गौतमको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ । त्यसरी नै ग्रीन पेज व्यापार व्यवसायीहरुको समिति गठन गरी व्यापारीहरूलाई एउटै थलोमा उभ्याउने र विजनेस पत्रीकामा सम्पूर्ण जानकारी दिनेगरी उपाध्यक्ष रविना थापाको संयोजकत्वमा वृहत व्यापारी संयन्त्र गठन गरिएको छ । त्यसैगरी एन आर एन,अमेरिकाका महासचिव तिलक श्रेष्ठको अध्यक्षतामा साँस्कृतिक समिति र प्रसिद्व नेपाली खेलाडी मोहन वाइवाको अध्यक्षतामा खेलकुद समिति गठन गरिएको छ। त्यसरी नै डा देशराज संयोकको अध्यक्षतामा प्राविधिक समिति, पुरू घिमिरेको अध्यक्षतामा पर्यटन समिति गठन गरिएको छ । एनअरएन अमेरिकले एनआरएनए द्वारा तनहूंको देवघाटमा शुरुवात गरिएको वृद्दाश्रमलाई भूकम्पबाट क्षतिभएकोमा मर्मत र सन्चालनमा सहयोग पुर्याउन उपाध्क्ष्य रबीना थापालाई संयोजकको रुपमा तोकेको छ। बैठकले महिला कोअर्डिनेटर राधा पौडेल द्वारा प्रस्तावीत अन्तराष्ट्रिय महिला दिवस सम्बन्धि कार्यक्रमलाई पनि पास गरेको छ। महिला समितिले नेपालको बैतडी जिल्लामा रहेका वादी महिलाहरुको ससक्तिकरणका लागि माक्रोफाईन्यान्स कार्यक्रम सन्चालन गर्न प्रस्तुत कार्यक्रम पनि उक्त बैठकले पास गरेको छ।
यसरी नै एनआरएनको अभियानमा सहयोग पुर्याउने संघ संस्थालाई धन्यवाद ज्ञापन गर्दै यसको पक्षमा जनमत निर्माण र कार्वान्वयनका लागि निरन्तर क्रियाशील रहने निर्णय गरेको छ ।

बैठकले एनअाएन अमेरिका स्थित बाल्टिमोर च्याप्टरका अध्यक्ष श्री जेदु पोख्रेलका पिता श्री राम प्रसाद पोख्रेल सिकिस्त विरामी हुनु भएकोमा उहांको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
उक्त वैठक एनआरएन अमेरिकाका महा सचिव तिलक श्रेष्ठले संचालन गर्नु भएको थियो ।

सर्बज्ञ वाग्ले मिडिया कोअर्डिनेटर एनआरएन , अमेरिका

प्रतिक्रिया