शुक्रबार, असार ४ २०७८
काठमाडौं ०४:५५
वासिङटन डिसी 19:10

बाबुरामको नयाँ शक्तिको राष्ट्रिय परिषद् घोषणा, यस्ता छन् चर्चित अनुहार (नामावलीसहित) –

इनेप्लिज २०७२ माघ १० गते १८:१२ मा प्रकाशित

gofF afg]Zj/df zlgaf/ cfof]lht kqsf/ ;Dd]ngdf af]Nb} k"j{ k|wfgdGqL 8f afa'/fd e§/fO{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, १० माघ । नयाँ शक्ति नेपालको राष्ट्रिय परिषद घोषणा भएको छ । आइतबार राजधानीको बुद्धनगरमा पत्रकार सम्मेलन गरी संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले परिषदको घोषणा गरेका हुन् । परिषदमा ३५ जना सदस्य छन् । सदस्यहरुमा चर्चित नायिका करिश्मा मानन्धर, निर्माता तथा कलाकार अशोक शर्मा लगायत रहेका छन् । अमेरिका बसेर केही महिनाअघि स्वदेश फर्किएका चर्चित कलाकार सरोज खनाल यसअघि नै बाबुरामको नयाँ शक्ति अभियानमा लागि सकेका छन् । बाबुरामलाई पूर्व एआईजी गणेश राईले पनि साथ दिएका छन् । दलित जनजाति पार्टीकी सांसद यशोदा लामा पनि नयाँ शक्तिमा प्रवेश गरेकी छिन् । जनजाति नेताहरु पासाङ शेर्पा, केशवमान शाक्यलगायतले नयाँ शक्ति अभियानलाई राजनीतिक पार्टीका रुपमा आकार दिन सहयोग गर्दै आएका छन् । राजधानी दल निर्माणका लागि आफ्नो नयाँ शक्तिलाई अगाडि बढाएका भट्टराईले आगामी वैशाखमा समाजवादी शब्द राखेर दल घोषणा गर्दैछन् । उनको दलको आलोचना पनि हुँदै आएको छ । एमाओवादी छाडेर नयाँ शक्ति गठन अभियानमा लागेका बाबुरामलाई धेरै जसो आफ्नै पूराना पार्टीका नेता तथा कार्यकर्ताहरुले साथ दिएका छन् ।

हेर्नुस्Baburam-1-768x565 नामावली: – 

प्रतिक्रिया