मंगलबार, साउन १२ २०७८
काठमाडौं ०४:००
वासिङटन डिसी 18:15

भारतीय नाकाबन्दी बिरुद्ध प्रदर्सन अभूतपूर्व सफलता हुनुका गाठी कुरा

इनेप्लिज २०७२ पुष १० गते ३:१९ मा प्रकाशित

kiran sitaulaभारतीय नाकाबन्दी बिरुद्ध प्रदर्सन अभूतपूर्व सफलता हुनुका गाठी कुरा यस्तो : किरण सिटौला , मेरिल्याण्ड राज्यका इण्डियन हेड सहरका नगर उपप्रमुख

भारतले गत सितम्बर २०१५ देखि लगाई राखेको अघोषित नाकाबन्दी बिरुद्ध अमेरिका भरका सम्पूर्ण नेपालीहरुले देखाएको ऐक्यबद्धता को जति नै प्रसंसा गरे पनि कम नै हुन्छ l मुलुक बाहिर बिदेशी माटोमा भारत बिरुद्ध नेपालीहरुले अहिले सम्म गरेको सबै भन्दा चित्त बुझ्दो प्रदर्सन नै ह्वाइट हाउस अगाडी गरेको प्रदर्सन नै बन्न पुगेको छ l स्व स्फ़्रुत रुपमा नेपाली समुदाय गोलबद्ध भए l

भारतले नेपाल र भारतबीचको व्यापार तथा पारवहन अवरुद्ध गरेर मानवीय संकट सिर्जना भएको अवस्था बारे अमेरिका लगायत अन्तर्राष्ट्रीय समुदायको ध्यानाकर्षण गराउने र अन्यायपूर्ण आर्थिक नाकावन्दी अन्त्य गर्न दवाव दिने मुख्य उदेश्यले अमेरिकामा रहेका संघ तथा संस्थाको सयुक्त पहलमा गरिएको व्यापक बिरोध प्रदर्शनले किर्तिमान कायम गर्न सक्यो l

डिसी प्रदर्सनले अमेरिका भर रहेका संघ तथा संस्थालाई शिक्षा दिएको छ l र यस बाट के प्रमाण भएको छ भने संघ तथा संस्थाको पहल भन्दा माथि उठेर नेपालको लागि नेपाली समुदाय द्वारा गरिएको भन्ने संदेशलाई काँधमा बोकेर हिडेकोले प्रदर्सन अकल्पनीय बन्न पुग्यो l

यस्तो ऐक्यबद्धता अमेरिकामा बिगतमा नत कहिले देखिएको थियो l कालान्तरमा यस्तो चमत्कारिक सहभागिता होला भन्ने अधिकांसले विश्वास गरेका छैनन् l डिसी प्रदर्सनले एउटा हौसलापूर्ण छाप छोड्न सफल भएको छ l नेपालीहरुको चित्त दुख्यो भने टाउकोले टेकेर भए पनि एकताको लागि जम्मा हुने डिसीको भेलाले प्रमाणित गरि दिएको छ l

DC Potest Rallyयोजना अनुसार अमेरिकाको राज्य बिभाग ,अमेरिकाका राष्ट्रपति ,वाशिंगटन डिसी स्थित भारतीय दुताबासमा समेत ज्ञापन पत्र बुझाई सकिएको छ l अभूतपूर्व सफलता हासिलका गाँठी कुराको गाठो फुकाउन आग्रह गर्दा सिटौलाले धेरै कुराहरुको संगम भएता पनि ३ गाँठी कुराहरु फुकाए l जसको कारण भारतले नेपाल माथि लगाएको अघोषित नाकाबन्दी बिरुद्ध जन सागर यसरि ओर्लिएको खुलासा गरे l

सिटौलाका अनुसार निस्वार्थ भावना र संघ/संस्था भन्दामाथि उठेर नेतृत्व लिनेले अन्तिम अवस्था सम्म सहि मार्ग दर्शन गरि सबैलाई उत्प्रेरणा गर्न सफल भएकोले डिसी प्रदर्सनमा ऐतिहासिक सफलता हात लागेको बताए l यसले के देखाएको छ भने संघ /संस्थामा हुने गरेका राजनैतिक किचलो ,दाउँपेच तथा कुर्सिका लागि प्रयोग गरिने तल्लो स्तरको हत्कण्डाबाट आजित भएर नेपाली समुदाय यसरि बरुलाको गोला झैँ मैदानमा उत्रिएको देखाएको छ l

आयोजक मध्ये कै एक स-शक्त भूमिका निर्वाह गरेका सिटौलाले भने दोश्रो ठुलो कुरा भनेको समिक्षा सहितको नमुना सम्म तयार गरेकोले खोट लाग्ने ठाउँ भएन भने l उनले अगाडी भने त्यस भित्र पूर्व व्यापक योजना ,मस्तिस्क मन्थन ,एक आपसमा समझदारी ,विश्वास ,पारदर्शिता ,सबै पक्षको गहन विचार निफनिएकोले डिसी प्रदर्सन विश्वमा उदाहरण बन्न पुगेको अवगत गराए l

सिटौलाले सफलता हुने तेश्रो मुख्य अर्को कुरा भनेको युवा वर्गलाई नेतृत्व हस्तान्तरण गरिएकोले यस्तो सम्भव भएको बताए l उनले अगाडी भने युवाहरुका काम लाई टोक्ने काम गरिएन l स्वतन्त्र रुपमा युवालाई दायित्व काँधमा दिइयो l त्यो हौसलाले अहोरात्र युवा वर्गले कुनै कसर नछोड्ने प्रतिबद्धता सहित ईमान्दारी सहित ठोस काम गरेको जानकारी दिए l र भारतले नेपालमा लगाएको आर्थिक नाकाबन्दी बिरुद्ध व्हाइत हाउस अगाडी यसरि नेपाली समुदाय खनिएको बताए l

यो प्रदर्सन(रयाली )लाई उचित मार्ग दर्सन दिई सामाजिक सेवामा अतुलनीय काम गरेका ,समर्पित ,अनुभवी ,त्यागी तथा बिध्वत वर्गले पछाडी बाट काम गरि अभिभावक्तत्व प्रदान गरेकोले डिसी प्रदर्सनले किर्तिमान कायम गर्न सफल भएको बताए l

डिसी प्रदर्सनले अमेरिकामा बस्ने सबै नेपाली सामुदायलाई गर्ब हुने वातावरण बनाई दिएको छ l उनले भने डिसीमा रहेका सबै संग समन्वय गर्ने र भबिष्यमा पनि साथ रहने भएकोले थुप्रै काम गर्ने जानकारी दिए l

भारतले लगाएको नाकाबन्दी मानवता विरोधी नाकाबन्दी हो l तेरो र मेरो नभई सबैको साझा कार्यक्रम हो l नाकाबन्दीले हिमाल, पहाड, तराई सबैलाई आक्रान्त बनाएको हुँदा सबैको साझा बिरोध कार्यक्रम भन्ने संदेश गएकोले समुदायले साथ दिएको सिटौलाले बताए l

dc rally 3

dc rally 2

dc rally 1

dc rally 4

प्रतिक्रिया