बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०३:२७
वासिङटन डिसी 16:42

नेपाली घर निर्माण गर्न विशेष समिती गठन

इनेप्लिज २०७२ असोज १ गते ३:५७ मा प्रकाशित

DSC_0062सेप्टेम्वर १७, २०१५
कोलोराडो, अमेरीका
कोलोराडोमा निवासी नेपालीहरुको बर्षौं देखिको नेपाली घर निर्माण गर्ने सपनालाई मूर्तरुप दिन एक विशेष समिती गठन गरिएको छ ।
नेपाली समुदाय विकासको लागी कोलोराडोमा सकृय संस्था नेपाली घरले स्थानीय नेपाली मुलका बासिन्दाहरुको कला संस्कृतीको संरक्षण गर्न नेपाली पन झल्कने एक सामुदायीक भवन निर्माणको पहल गर्न डा. सुदिप प्याकुरेलको संयोजकत्वमा एक समिती गठन गरेको हो । नेपाली घरको विधानको दफा ६ अनुसार तथा संस्थाको सेप्टेम्वर ६ मा बसेको कार्य समितीको बैठकले निर्णय गरे अनुसार गठित उक्त समितीका अन्य सदस्यहरुमा सुशिल त्रिपाठी, अजय प्रधान, राजु सिटौला, संगीता श्रोत्रिय, मोहनराज मिश्र र नारायण श्रेष्ठ रहेका छन् ।
यसरी गठित समितीलाई स्थानीय सरकार, समुदाय तथा व्यतिmहरु संग समन्वय मार्फत स्थानीय श्रोत र साधनको अधिकतम पहिचाहन र परिचालन गरि नेपाली घर निर्माणको प्रकृया अगाडी बढाउने अधिकार प्रदान गरिएको नेपाली घरका अध्यक्ष योगराज गौतमले बताएका छन् । समितीले आनो जिम्मेवारी सम्पन्न गर्न नेपाली घरको समन्वयमा सदस्य संख्या थप घट गर्न सक्ने बताईएको छ ।
झण्डै १६ हजार भन्दा बढि नेपाली मुलका मानिसहरु बस्दै आएको कोलोराडोमा हाल सम्म नेपालीहरुको आङ्खनै सामुदायिक भवन नहु“दा जाती विशेषले मनाउदै आएका चाड पर्वको कार्यक्रम आयोजना गर्न कठिन भएको महशुस हुदै आएको छ । निर्माण हुने सामुदायिक भवन सबै जात जाती ,भाषा भाषीहरुको रहन सहन, कला, संस्कृती भेष भुषा झल्कने खालको हुने बताईदै आएको छ ।

प्रतिक्रिया