बुधबार, मंसिर १० २०७७
काठमाडौं ०७:४३
वासिङटन डिसी 20:58

सकियो नेजा परिवारको घुमफिर

इनेप्लिज २०७२ भदौ १० गते १३:१२ मा प्रकाशित

DSC08504

बाल्टिमोर,अमेरिका,अगष्ट २७ | अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघमा आवद्ध सदस्य र उनीहरुका परिवारसहितको तीन दिने घुमफिर कार्यक्रम सम्पन्न भएको छ | घुमफिरका लागि नेजाका सदस्यहरु आ आफ्ना परिवारसहित अगष्ट २१ देखि २३ तारिखसम्म पेन्सिलभेनियाको प्रसिद्ध पर्यटकीय स्थल पोकोनो माउन्टेन क्षेत्रमा पुगेका थिए | सहभागीहरुले नेजाको यस्तो अनौपचारिक कार्यक्रम निकै रमाइलो र पारिवारिक सम्बन्ध विस्तार एवं पुनर्मिलनका लागि सार्थक भएको प्रतिक्रिया दिएका छन् |

DSC08498

नेजाको इतिहासमा नै यस्तो किसिमको यो पहिलो कार्यक्रम हो | नेजाको समन्वयमा आपसी सद्भाव, भाईचारा र पारिवारिक मनोरञ्जनको लागि आयोजित यस्तो अनौपचारिक कार्यक्रम प्रभावकारी हुने रहेछ भन्ने सहभागीहरुको बुझाई रहेको छ | कार्यक्रममा नेजा स्थापनाकालदेखि सक्रिय भर्जिनिया,डिसी,बाल्टिमोर,न्यूजर्सी र न्यूयोर्क क्षेत्रका पत्रकार र उनीहरुका परिवारका सदस्यहरुसहित करीब पचास जना सहभागी थिए ।

DSC08491
कसको प्रतिक्रिया कस्तो रह्यो ?
आपसी सम्वन्ध र भाईचारालाई विस्तारै गर्दै नेजा स्थापनाको उद्देश्य अनुरुप नै यस्तो जमघट गरिएको नेजाका अध्यक्ष गौतम दाहालले बताउनु भयो । यसैगरी संस्थापक अध्यक्ष एवं सल्लाहकार गिरिश पोखरेलले नेजाको उद्देश्य अन्तर्गत प्रवासी भूमिमा परिवारका सदस्यहरुलाई परिचय र अपनत्वको भावना जागृत गराउन कार्यक्रम सफल भएको प्रतिक्रिया दिनुभयो | पूर्व अध्यक्ष अर्का सल्लाहकार कृष्ण शर्माले नेजाले गर्ने यस्ता कार्यक्रमहरुले सदस्यहरुका बीच घुलमिलको वातावरण मिल्ने र संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउन मद्दत पुग्ने बताउनु भयो । यसैगरी अर्का सल्लाहकार आङ्गछिरिङ्ग शेर्पाले कार्यक्रम सफल भएको प्रतिक्रिया दिदैं आगामी वर्ष साधारण सभाको समय पारेर यस्तै कार्यक्रम गरेमा अरु राज्यका धेरै साथीहरुलाई समेट्न सके अझ बढी रमाइलो हुने सुझाव दिनुभयो | यसैगरी कार्यक्रममा सहभागी हुन नसकेको भन्दै ह्युस्टनमा रहनु भएकी नेजाकी कोषाध्यक्ष विटु केसीले भ्रमण कार्यक्रम सुरु हुनु केही दिन पहिले सहभागीहरुको सामुहिक सन्देशमा लेख्नु भएको थियो-,’नेजा पारिवारिक घुमफिरका भाग्यमानी पत्रकार साथीहरु र उहाँका परिवारहरुलाई बधाई | नेजाको इतिहासमा यो पक्कै पनि एउटा नौलो प्रभावकारी र अविष्मरणीय कार्यक्रम रहनेछ । हामी सहभागी हुन नसके पनि तपाईहरुको रमाइलो हेरेर, सुनेर मन बुझाउनेछौं । जसले यो कार्यक्रम प्रस्ताव राख्नुभयो त्यो स्वागतयोग्य छ । कार्यक्रममा संस्थापक अध्यक्ष,सल्लाहकारहरु र अन्य जिम्मेवार साथीहरु सहभागी हुनुहुन्छ | रमाईलोको साथसाथै नेजाको सुखद भविष्यकोलागि पनि सोच्नुहोला मेरो हार्दिक शुभकामना |
यसैगरी पूर्व उपाध्यक्ष सुशील न्यौपानेले कार्यक्रमका बारे जानकारी पाएपछि आफु परिवारसहित सहभागी हुने जानकारी दिदैं लेख्नुभयो,-‘यो प्लान हेर्दा नेजा गठन हुँदा बोकेको नेजाको निर्माणको अर्थ अनुरुपको कार्यक्रम हो भन्ने देखिन्छ l न गन्थन नत मन्थन नै l सौहार्द्रपूर्ण बातावरणमा भेटघाट -घुमघाम l हामी तीनथान (छोरी संस्कृतिलाई साथमा लिएर कल्पना र म ) सामेल हुने तार पठाएको छु l

DSC08482
यता कार्यक्रममा सपरिवार सहभागी भएर फर्कनु भएका न्यूजर्सीमा रहनु भएका पूर्व सचिव चन्द्र खतिवडाले आइतवार राती लेख्नुभयो-,’अति राम्रो,भाइसाथीहरुका बीच पुनर्मिलन कार्यक्रम, भविश्यमा यस्तो जमघट अझ प्रभावकारी बनाउनुपर्ला | पूर्व कोषाध्यक्ष गुणराज लुइँटेलले पनि यस्तो किसिमको कार्यक्रमले नेजा सदस्यका परिवार र बालबच्चाकाबीच परिचयसहित आत्मीयता अभिवृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गर्नु भएको छ |

DSC08479
को को थिए सहभागीहरु ?
यो रमाइलो जमघटमा नेजाका सबै पूर्व अध्यक्षहरु गिरिश पोखरेल (सपरिवार),कृष्ण शर्मा (सपरिवार) र आङछिरिङ शेर्पा,वर्तमान अध्यक्ष गौतम दाहाल सहभागी थिए | यसैगरी वर्तमान कार्य समितिका यस क्षेत्रमा रहेका सबै पदाधिकारीहरु महासचिव भोला आचार्य (सपरिवार), क्षेत्रीय उपाध्यक्षद्वय भुपेन्द्र थापा र विश्वराज थापा एवं कार्यक्रारी सदस्य मधुकर अधिकारी सहभागी थिए | यसैगरी पूर्व उपाध्यक्ष सुशील न्यौपाने (सपरिवार),पूर्व सचिव चन्द्र खतिवडा (सपरिवार), सबै पूर्व कोषाध्यक्षहरु गुणराज लुइँटेल (सपरिवार),सहदेव पौडेल (सपरिवार) र गीता पन्थ (परिवारसहित),पूर्व क्षेत्रीय उपाध्यक्ष विष्णु शीतल (परिवारसहित), नेजा स्थापनाकालदेखि सक्रिय लेखनाथ भण्डारी (सपरिवार),अंकुश नेपालसहित कार्यक्रममा सहभागी थिए | यसैगरी नेजाका सदस्यहरु कोमला थापा (परिवारसहित)सहित संचारकर्मीहरु विष्णुहरि घिमिरे,केशर कार्की र पारिवारिक सदस्यहरु सम्झना पोखरेल,सोना शर्मा,सुधा पौडेल,सुलेखा भण्डारी,लक्ष्मी मिश्र,संगीता बजगाई,सरस्वती शर्मा,भीम पन्त,कल्याण गौतम (डियर कल्याण),आकांक्षा खतिवडा, कल्पना न्यौपाने,संस्कृति न्यौपाने,सीता लुईटेल,बालकृष्ण बस्नेत,राधिका आचार्य र प्रतिमा पौडेल सहभागी हुनुहुन्थ्यो | यसैगरी सहभागी नेजा सदस्यका बालबच्चाहरु धर्ती पोखरेल,जिना रानी पोखरेल, अभिलेखा भण्डारी,सुकीर्ति शर्मा,सिमोन शर्मा,शीतल लुईटेल, सगुन लुईटेल, दिपर्शन खरेल,आभा खतिवडा,लोकश्री आचार्य,आयाम आचार्य र श्रीमन पौडेल सहभागी थिए |

DSC08465
नेजा अध्यक्षद्वारा धन्यवाद ज्ञापन
यसैबीच यो रमाइलो जमघटका लागि समन्वय गरेका नेजाका अध्यक्ष गौतम दाहालले सहभागीहरु सबैलाई धन्यवाद दिएका छन् | दाहालले एक विज्ञप्ति मार्फत भनेका छन्,-‘ यो कार्यक्रमले नेजा परिवारका सदस्यहरुका बीच अझ बढी घनिष्टता र अपनत्वको भावना अभिवृद्धि गरेको अनुभूति सहभागीहरुले गर्नुभएको छ । नेजाले पहिलोपटक आयोजना गरेको पारिवारिक जमघट कार्यक्रममा सक्रियता पूर्वक भाग लिनु भएकोमा सहभागीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं। यो संस्थाको स्थापनाको एउटाDSC08453लोपटक आयोजित यस वर्षको कार्यक्रम ऐतिहासिक र स्मरणीय रहन पुगेको छ भन्ने हामीहरुको विश्वास रहेको छ ।

अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिको सम्पादित अंश:
नेजामा आवद्ध संचारकर्मीहरुका पारिवारिक सदस्यहरुको सामुहिक जमघट र घुमफिर कार्यक्रम सम्पन्न गर्न सफल भएका छौं। नेजाका संस्थापकहरु,सल्लाहकार एवं वर्तमान कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको अनौपचारिक छलफल पश्चात यो कार्यक्रम तय गरिएको थियो ।

DSC08432
यस क्रममा यही अगष्ट २१ देखि २३ तारिखसम्म नेजाका सदस्यहरु आ आफ्ना परिवारसहित पेन्सिलभेनियाको प्रसिद्ध पर्यटकीय स्थल पोकोनो माउन्टेन क्षेत्रमा पुगेका थियौं | उक्त स्थानमा दुई रातको बसाई र घुमफिरले नेजाका परिवारका सदस्यहरुका बीच अझ बढी घनिष्टता र अपनत्वको भावना अभिवृद्धि गरेको अनुभूति सहभागीहरुले गर्नुभएको छ । नेजाले पहिलोपटक आयोजना गरेको पारिवारिक जमघट कार्यक्रममा सक्रियता पूर्वक भाग लिनु भएकोमा सहभागीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै, सहभागीहरु हुनु भएकाहरुवाट वर्षमा कम्तिमा एकपटक यस्तो पारिवारिक जमघटको कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिनुभएको छ ।

DSC08437
हामी नेजाको यस अनौपचारिक कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने र सहभागी हुनु भएका सबैलाई भ्रमण अविष्मरणीय र महत्वपूर्ण वनाउन पाईला पाईलामा सहयोग गर्नु भएकाले पुन: आभार व्यक्त गर्दछौं । व्यस्त दैनिकीबाट समय व्यवस्थापन गरेर यसरी रमाइलो कार्यक्रम सफल बनाउन वर्तमान नेतृत्वलाई प्रोत्साहित गर्नु हुने सबै सहभागीप्रति नेजा धन्यवाद व्यक्त गर्दछ | हाम्रो यो संस्थाको स्थापनाको एउटा उद्देश्य परिवारका सदस्यहरु वीच भाइचारा सम्बन्ध विस्तार गर्नु पनि रहेको स्मरण गराउन चाहन्छौं । तसर्थ पहिलोपटक आयोजित यस वर्षको कार्यक्रम ऐतिहासिक र स्मरणीय रहन पुगेको छ भन्ने हामीहरुको विश्वास रहेको छ ।

DSC08386
कार्यक्रमलाई सफल वनाउन विभिन्न जिम्मेवारी लिएर कुशलतापूर्वक व्यवस्थापन गर्नु हुने नेजाका पूर्वअध्यक्षहरु गिरिश पोखरेल, कृष्ण शर्मा र आङ्गछिरिङ्ग शेर्पालाई धन्यवाद दिन चाहन्छु । यसैगरी खानपीनको व्यवस्थापन गर्नुभएका गुणराज लुईटेल,सम्झना पोखरेल,गीता पन्थ,भोला आचार्य र चन्द्र खतिवडालाई विशेष धन्यवाद दिन चाहन्छु । म मेरो व्यक्तिगत र सम्पूर्ण कार्य समितिको तर्फबाट यस पारिवारिक जमघट र घुमफिर कार्यक्रमका सहभागीहरु,सहयोगी साथीहरु र नेजा परिवारका सदस्य सबैलाई विशेष आभार सहित धन्यवाद व्यक्त गर्दछु |
गौतम दाहाल
अध्यक्ष,नेपाल अमेरिका पत्रकार संघ

प्रतिक्रिया