अलास्कामा अमेरिकाका पूर्व वायुसेनाका समुहले नेपालको भूकम्प पिडितको लागि आर्थिक संकलन

इनेप्लिज २०७२ असार ७ गते २:१२ मा प्रकाशित

unnamedगत बैशाख १२ गते गएको विनासकारी भूकम्प बाट नेपालमा भएको धनजनको क्षति प्रति ऐक्यबद्दता देखाउदै अमेरिकाको अलास्कामा अमेरिकाका पूर्व वायुसेनाका समुहले एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग जुटाउने काम गरेका छन् l

अमेरिकाका पूर्व वायुसेनाका सियाम तथा उनको समुहले अलास्काको उत्तर ध्रुबको सेन्ट निकोलस चर्चमा दिवा भोजन दानको आयोजना गरेका छन् l

उक्त कार्यक्रममा करिब २० जना जति अलस्कामा रहेका नेपाली समुदायहरुले पनि सहभागिता जनाएका थिए भने भने उक्त अवसरमा अमेरिकन सेनाका पदाधिकारी पनि उपस्थिति रहेको थियो l

अलास्कामा बस्दै आएका करातेका विश्व कराते रेफ्री सरोज भट्टराईले नेपाली समुदायको तर्फबाट अमेरिकाका पूर्व वायुसेनाका समुहले भूकम्प पिडितहरुको लागि गरेको सहयोगको लागि धन्यबाद दिएका छन् l

unnamed (7)

unnamed (3)

unnamed (6)

unnamed (5)

प्रतिक्रिया