शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०८:५२
वासिङटन डिसी 22:07

भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशको अग्रता

इनेप्लिज २०७२ असार ४ गते ११:१८ मा प्रकाशित

SlC-exam1काठमाडौ, ४ असार । भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा बंगलादेशले अग्रता सलिएको छ । ७९ रनको फराकिलो जित निकाल्दै बंगलादेशले तीन खेलको श्रृंखलामा १–० को अग्रता लिएको हो । बंगलादेशको मिरपुरमा विहीबार राति सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले अन्तिम ओभरमा अलआउट हुनुपूर्व ३ सय ७ रनको योगफल तयार गरेको छ । बंगलादेशका लागि तमिम इकबालले ६० तथा सौम्य सरकारले ५४ रनको योगदान गरे । भारतका रविचन्दन आश्विनले ३ विकेट लिए । बलिङतर्फ पहिलो एक दिवसीय खेल खेलेका मुस्तफिजुर रहमानले ५ विकेट लिँदै भारतको हार पक्का गरे । श्रृंखलाअन्तर्गतको दोस्रो एक दिवसीय खेल आगामी आइतबार ढाकामा हुनेछ ।

प्रतिक्रिया