विपत्तिको सबै मिलेर सामना गर्नुपर्छ: खनाल
भक्तपुर, १२ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशमा आइपरेको विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ ।
एमाले स्वयम्सेवक दस्ताले आज मध्यपुरथिमिको बालकुमारी क्षेत्रमा आयोजना गरेको भग्नावशेष हटाइ तथा सरसफाइ कार्यक्रममा सम्बोधन गर्दै उहाँले यो दुःखद् र विपद्को घडीको सबै मिलेर सामना गर्दै नयाँ ढङ्गले समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो– “देशमा जतिसुकै आपत् आए पनि मिलेर जुट्नुपर्छ, सबै एकताबद्ध भएर विपत्तिको व्यवस्थापन गर्नुपर्छ ।”
भूकम्पले जहाँजहाँ अप्ठ्यारा, अवरोध ल्याएको छ, संरचना भत्काएर समस्या पारेको छ, ती ठाउँमा युवा स्वयम्सेवक दस्ता पुगेर सरसफाइ गर्ने र सहरलाई सफा गरी पुनःनिर्माणमा युवा जुट्नुपर्ने उहाँले बताउनुभयो । “अब पहिलाभन्दा सुन्दर, सफा र उन्नत सहरको निर्माण गर्नुपर्छ”–उहाँले भन्नुभयो । नेता खनालले भक्तपुर क्षेत्र नं १ र २ मा बसेका एमाले स्वयम्सेवक दस्ताको शिविरको समेत अवलोकन गर्नुभयो ।
एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवम् भक्तपुर इन्चार्ज सोम मिश्रले भक्तपुर क्षेत्र नं १ र २ मा ४०० स्वयम्सेवक खटाएर भग्नावशेष हटाउने, सरसफाइ गर्ने र पुनःनिर्माणको गर्ने काममा जुटिएको बताउनुभयो ।
एमाले मध्यपुरनगर अध्यक्ष मदन श्रेष्ठले एमाले स्वयम्सेवक दस्ताले आज मध्यपुरथिमिको बालकुमारी, चपाचो, दुई पोखरीलगायत क्षेत्रमा भूकम्पले भत्काएको घरको संरचना हटाउने कार्य गरेको जानकारी दिनुभयो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया