शनिबार, मंसिर १३ २०७७
काठमाडौं १५:४९
वासिङटन डिसी 05:04

वरिष्ठ नेता देउवाद्वारा राहत वितरण

इनेप्लिज २०७२ वैशाख २३ गते १४:३७ मा प्रकाशित

Sher_Bahadur_Deubaकाठमाडौँ, २३ वैशाख । पूर्व प्रधानमन्त्री एव्म नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भक्तपुरमा खाद्यान्न राहत सामाग्री वितरण गर्नुभएको छ ।

उहाँले भक्तपुरको महाँमञ्जुश्री नगरपालिकामा २५० क्विन्टल खाद्य सामग्री भूकम्पपीडित परिवारलाई ३० किलोग्रामका दरले चामल, दाल, नुनलगायत खाद्यान्न वितरण गर्नुभएको थियो ।

काँग्रेसद्वारा भूकम्पपीडितका लागि गठित अनुगमन समितिका संयोजकसमेत रहनुभएका नेता देउवाले यसरी नै भूकम्प प्रभावित अन्य स्थानमा पनि राहत सामग्री वितरण गरिने बताउनुभयो ।

प्रतिक्रिया