वासिङ्टन, डीसी— व्हाइट हाउसले युक्रेनका लागि तय गरिएका केही हवाई रक्षा प्रणाली तथा सटीक मार्गदर्शनयुक्त हतियारहरूको ढुवानी हाललाई रोकिने मंगलबार पुष्टि गरेको छ ।
अमेरिकी अधिकारीहरूले जनाए अनुसार यो निर्णय अमेरिकी सैन्य भण्डारको मूल्यांकनपछि गरिएको हो।
व्हाइट हाउसकी प्रवक्ता आना केलीले पत्रकारहरूलाई पठाएको विज्ञप्तिमा भनिएको छ, “यो निर्णय अमेरिकाको राष्ट्रिय हितलाई प्राथमिकता दिँदै गरिएको हो। रक्षा विभागले विश्वभरका देशहरूलाई दिइने सैन्य सहयोगको समग्र समीक्षा गरेपछि यस्तो कदम उठाइएको हो।”
सबैभन्दा पहिले पोलिटिकोले यो निर्णयको खुलासा गरेको हो। एबिसीन्यूजका अनुसार हालसम्म अन्य हतियार ढुवानीहरू पनि रोकिएको छ वा छैन भन्ने कुरा स्पष्ट भइसकेको छैन।
यो निर्णय राष्ट्रपति ट्रम्प नेतृत्वको प्रशासनको ‘अमेरिका पहिलो’ नीति अन्तर्गत आएको विश्वास गरिन्छ, जसले विदेश नीति र सैन्य सहायता रणनीतिमा ठूला परिवर्तनहरू ल्याइरहेको छ।
प्रतिक्रिया