आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०७:५८
वासिङटन डिसी 21:13

नेपाललाई अमेरिकी सहयोगको ओइरो, पूर्वराष्ट्रपति कार्टरले प्रधानमन्त्रीलाई के भने ?

इनेप्लिज २०७२ वैशाख २२ गते १४:४७ मा प्रकाशित

USAID Ambassador and His Team Call on PM

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले नेपालको पुनः निर्माण तथा दीर्घकालीन सहायताको स्पष्ट योजना तयारीका निम्ति आफ्ना प्रयास र सहायतालाई दोब्बर गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

नेपालको दीर्घकालीन विकास र पुनः निर्माणका कामको सफलता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायबाट त्यस्तो सहयोग अपरिहार्य भएको र नेपालका राजनीतिक दलले पनि राजनीतिक मतभेद अन्त्य गर्न नेता गणले सहकार्य गर्नु महत्वपूर्ण भएको कार्टर सेन्टरले आज साँझ एटलान्टाबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया