शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०२:०२
वासिङटन डिसी 15:17

अमेरिका नेपाल सहयोगी समाजको नया बर्ष कार्यक्रम स्थगित

इनेप्लिज २०७२ वैशाख १६ गते ०:१७ मा प्रकाशित

logo_anhs

हरेक बर्ष नेपाली नया बर्ष तथा तिज कार्यक्रम भब्यताको साथ मनाउदै आएको अमेरिका नेपाल सहयोगी समाजले आउदो मे २ तारिखमा राखेको नया बर्ष २०७२ कार्यक्रम स्थगित भएको जानकारी गराएको छ l

मात्री भूमिमा आएको विनासकारी भुकम्पको कारण देश शोकमग्न डुबेको अवस्थालाई मध्यनजर गर्दै नया बर्ष २०७२ अन्तिम समयमा आएर रद्ध गर्नु परेको जानकारी संस्थाका अध्यक्ष सागर कंडेलले ईनेप्लिज़ डटकमलाई बताए l

कंडेलले अगाडी भने नया बर्षको लागि भनेर उठाईएको रकम तथा जुन खर्च संकलन गरि रहेको अवस्थामा देशमा महा बिप्पति आई परेकोले त्यो रकम अब भुकुम्प पिडितलाई खर्चिने बताए l

र ,अन्य आर्थिक संकलन गरि रहेको बताउदै संस्थाले भुकम्प पिडितहरुको उद्धारको लागि अमेरिकाबाट जनशक्ति पठाउने पनी योजना बनाई रहेको बताए l

प्रतिक्रिया