प्रधानमन्त्री कोइरालासँग नर्वेका राज्यमन्त्रीको भेटघाट
काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री सुशील कोइरालासँग नर्वेको विदेश राज्यमन्त्री मोर्टेन हगलन्डले आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्री कोइराला र राज्यमन्त्री हगलन्डबीच नेपाल र नर्वेबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय विकास सहयोगबारे छलफल भएको थियो ।
भेटमा वैकल्पिक ऊर्जा, जलविद्युत्, शिक्षा र सुशासनका क्षेत्रमा नर्वेले प्रदान गर्दै आएको सहयोगका बारेमा कुराकानी भएको भेटपछि राज्यमन्त्री हगलन्डले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्री कोइरालाले नर्वेले नेपाललाई पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।
नेपाल र नर्वेबीच सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता नर्वेले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ ।
दुईदिने औपचारिक भ्रमणमा नेपाल आउनुभएका राज्यमन्त्री हगलन्डले भ्रमणका अर्थमन्त्री डा रामशरण महत र महिला बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसी (खड्का) सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नु हुनेछ ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया