आइतबार, मंसिर १४ २०७७
काठमाडौं २२:५३
वासिङटन डिसी 12:08

अलेपोमा पाँच बालबालिकासहित नौ मारिए

इनेप्लिज २०७१ चैत २९ गते १५:२८ मा प्रकाशित

मास्कस, २९ चैत । सिरियाको उत्तरी सहर अलेपोमा सिरियाली सेनाले गरेको हवाई हमलामा परी कम्तीमा पनि नौ जना नागरिकको ज्यान गएको छ ।

त्यसमा पाँच जना बालबालिका पनि परेका जनाइएको छ । एक विद्यालयमा गरिएको आक्रमणका कारण ती बालबालिका परेको अधिकारवादीहरूले जनाएका छन् ।

अलेपोमा विद्रोहीहरूको प्रभाव रहेको भनी विगतदेखि नै सुरक्षा निकायले निगरानी गरिरहेको छ । सोही क्रममा आइतबार हवाई हमला गरिएको थियो ।

सो क्षेत्रमा विद्रोहीको उपस्थिति रहने जमिल अल क्वाबानी विद्यालयमा सो हमला गरिएको जनाइएको छ । सो विद्यालयमा विद्रोहीले शरण लिएर बस्ने गरेकोले सरकारी सुरक्षा निकायले सो हमला गरेको बताइएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको जानकारीअनुसार सो क्षेत्रमा विगतमा पनि सरकारी सेनाले गर्ने गरेको यस्तै आक्रमणमा परी सयौँ नागरिकको ज्यान गएको छ ।

सिरियामा विगत चार वर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको छ । सो युद्धका कारण सर्वसाधारण नागरिक, विद्रोही र सरकारी सुुरक्षाकर्मी गरी करिब डेढ लाख नागरिकको ज्यान गइसकेको छ ।

प्रतिक्रिया