एमाओवादीको रवैयाले संविधान निर्माण लम्बियो: मन्त्री साउद
दमक, २२ चैत । सिँचाइमन्त्री एनपी साउदले संविधान निर्माणका लागि एमाओवादी प्रतिबद्ध नभएकाले प्रक्रिया लम्बिँदै गएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समितिले आज बिहान दमकमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री साउदले संविधानसभालाई अपमान गरेर सडकमा उफ्रँदै संविधान नबन्ने जिकिर गर्नुभयो ।
सडक आन्दोलन त्यागेर संविधान निर्माणमा जुट्न खाँचो रहेको औँल्याउँदै उहाँले एमाओवादीलगायतका विपक्षी मोर्चाले संविधान जारी गर्न आन्दोलन त्यागेर सहकार्यको पक्षमा स्पष्ट उभिन आग्रह गर्नुभयो । मन्त्री साउदले सहमति नभए प्रक्रियाबाट भए पनि जति छिटो संविधान जारी गरिनुपर्ने बताउनुभयो ।
एक फरक प्रसङ्गमा उहाँले झापामा सिँचाइ सेवालाई प्रभावकारी बनाउन सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।
यसैगरी मन्त्री साउदले दमकको रतुवा, मावाखोला र धरमपुरमा पर्ने कमल खोलाले गर्दै आएको कटान क्षेत्रको अवलोकन गर्नुभएको थियो । त्यस क्रममा मन्त्री साउदसँग खोला प्रभावित क्षेत्रका बासिन्दाले खोलाको दीर्घकालीन नियन्त्रण तथा सहज सिँचाइ सुविधालगायत माग राखेका थिए ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया