शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०७:५६
वासिङटन डिसी 21:11

यमनमा रहेका नेपालीलाई सकुशल स्वदेश फर्काउन परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

इनेप्लिज २०७१ चैत २० गते १६:४४ मा प्रकाशित

mahendra_20150127083121

काठमाडौँ, २० चैत । नेकपा (एमाले) निकट युवा सङ्घ नेपाल, काठमाडौँ जिल्ला कमिटीले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।

कमिटीका अध्यक्ष नितेश पौडेलको नेतृत्वमा गएको प्रतिनिधिले मन्त्रीको कार्यकक्षमा अरेवियन मुलुक यमनमा रहेका नेपालीलाई सकुशल स्वदेश फर्काउन माग गर्दै आज सो पत्र बुझाएको हो ।

उक्त मुलुकमा अहिले गृहयुद्ध भइरहेको र त्यहाँ फसको नेपालीलाई कूटनीतिक पहल तथा सम्बन्धित मेनपावर कम्पनीमार्फत चाँडोभन्दा चाँडो स्वदेश फिर्ता गर्ने वातावरण मिलाइदिन पत्रमा भनिएको छ ।

सो पत्र बुझ्दै मन्त्री पाण्डेले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल फर्काउने दायित्व सरकारको भएको र त्यसको लागि आवश्यक कार्य अघि बढेको उल्लेख गर्नुभएको भेटमा सहभागी अध्यक्ष पौडेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया