मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २१:२२
वासिङटन डिसी 10:37

धर्मनिरपेक्षता भन्दैमा जे पायो त्यही गर्न पाइने होइन: उपप्रम सिंह

इनेप्लिज २०७१ चैत १९ गते १४:१२ मा प्रकाशित

Prakashman-signरत्ननगर (चितवन), १९ चैत । उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले धर्मनिरपेक्षता भन्दैमा जे पायो त्यही गर्ने छुट कसैलाई नभएको प्रष्ट्याउनुभएको छ ।

भरतपुर–१२ मा रहेको एक मन्दिरमा यही १२ गतेदेखि आयोजित श्रीराम कथा आनन्द महोत्सवमा आज दिउँसो पुग्नुभएका उपप्रधानमन्त्री सिंहले कहिँकतै जवरजस्ती धर्म परिवर्तन गराएको भन्ने सुन्नमा आएको भन्दै कुनै पनि धर्म मान्नेहरूले प्रलोभन, धाकधम्की दिएर धर्म परिवर्तन गराउन खोजे कानुनले छुट नदिने बताउनुभयो ।

कसैको धर्मलाई कसैले पनि विभेद गर्न नहुनेमा जोड दिँदै उहाँले संविधानमै यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने उल्लेख हुने भएकाले धर्म निरपेक्षतामा कोहीपनि डराउन नहुने बताउनुभयो ।

वार्ताको माध्यामबाट निकासका लागि संविधानसभा स्थगित भएको उल्लेख गर्दै उहाँले सहमति निकाल्ने प्रयास जारी रहेको बताउनुभयो ।

२३ गतेसम्ममा पनि सहमति नजुटे प्रक्रियामै गएर भएपनि संविधान जारी गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया