सभाध्यक्षले प्रमुख सचेतकसँग बुधबार छलफल गर्ने
काठमाडौँ, १० चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक आह्वान गर्ने विषयमा छलफल गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकलाई बुधबार निमन्त्रणा गर्नुभएको छ ।
संविधानका विवादित विषयमा सहमति जुटाउन दललाई सभाध्यक्ष नेम्वाङले यही चैत ११ गतेसम्मको समयसीमा प्रदान गर्नुभएको थियो । एकीकृत नेकपा(माओवादी) नेतृत्वको तीस दलीय मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेको र दलबीच सहमति हुन नसकेको सन्दर्भमा भावी रणनीति कसरी तय गर्ने भन्ने विषयमा प्रमुख सचेतकसँग सभाध्यक्षले छलफल गर्न लाग्नुभएको हो ।
लामो समयसम्म संविधानसभाको बैठक स्थगन गर्न नमिल्ने र तत्काल सहमति जुटाउन नेम्वाङले पटक पटक प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गर्दै आउनुभएको छ । उहाँको आग्रह विपरीत प्रमुख दलका शीर्ष नेताको हालसम्म औपचारिक बैठकसमेत बस्न सकेको छैन । अनौपचारिक संवाद भए पनि ठोस प्रगति हुन नसक्दा संविधानसभाको बैठक अनिश्चित बन्दै गएको छ ।
केही दिन पहिले मात्रै सभाध्यक्ष नेम्वाङले प्रमुख दलका शीर्ष नेतालाई बोलाएर तत्काल सहमति गर्न आग्रह गर्नुभएको थियो । शीर्ष नेताले आफूहरु संवादमा रहेको र छिट्टै सहमति हुने विश्वास दिलाए पनि सहमति भए नभएका बारे प्रमुख दलका शीर्ष नेताले हालसम्म आफूलाई जानकारी गराएका छैनन् भन्दै आउनुभएको छ ।
आज आफ्नै कार्यकक्ष सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले संविधानसभाको बैठक बोलाउने सन्दर्भमा छलफल गर्न प्रमुख सचेतकलाई बोलाइएको जानकारी दिनुभयो । ‘‘जनताले संविधानसभाको बैठक कहिले बस्छ, संविधान जारी गर्ने कार्यतालिका कहिले हो भन्दै प्रश्न गरेको ग¥यै छन्, मसँग जनतालाई जवाफ दिने कुनै उत्तर छैन, प्रमुख सचेतकले केही जवाफ दिनुहुन्छ कि भनेर बोलाएको हुँ”, नेम्वाङले भन्नुभयो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
मिनेसोटामा डन्ट राइटलाई गोली हान्ने महिला प्रहरीलाई दोश्रो दर्जाको मानवहत्याको अभियोग
प्रतिक्रिया