सहमतिका नाममा संविधानसभालाई बाइपास गर्न नसकिने: नेता पौडेल
कपिलवस्तु, २५ फागुन । पहिलो संविधानसभा निर्वाचन पूर्व सङ्क्रमणकालीन अवस्थामा गरिएका सहमति र सम्झौताका नाममा संविधानसभालाई बाइपास गरेर कुनै हालतमा पनि संविधान निर्माण प्रक्रियाअघि बढ्न नसक्ने नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउनु भएको छ ।
नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता पौडेलले विगतमा गरिएका सम्झौताका कुरा तेर्साएर संविधानसभाको मुल मर्मलाई कुण्ठित पार्दै संविधानसभा बाहिरबाट संविधान बनाउने काम हुनै नसक्ने उल्लेख गर्नु भयो ।
पूर्व राजाले समेत सम्झौताका कुरा गर्न थाल्नुभएको छ, नेता पौडेलले भन्नुभयो, “सहमति र सम्झौताभन्दा संविधानसभा ठूलो हो । ती गरिएका सहमति र सम्झौता उल्टाएर हेरौँ त्यसको अन्तिम निर्णय भने संविधानसभाले नै गर्नेछ भनी लेखिएको छ ।”
उपसभापति पौडेलले राजा शुद्धोधनको दरबार तिलौराकोट क्षेत्रको अवलोकन भ्रमण गरी लुम्बिनीको विकास सँगसँगै प्राचीन कपिलवस्तु क्षेत्रको विकासका लागि पनि सरकारको विशेष ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनु भयो ।
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रतिक्रिया