आजबाट सुरु भयो गोरखाको पवित्र मनकामना मन्दिरको जीर्णोद्वार
गोरखाबजार, १५ फागुन । मनकामना मन्दिर जगैदेखि जीर्णोद्वारका लागि आज मन्दिर परिसरमा क्षमा पूजा गरिएको छ ।
काठमाडौँबाट मुसुम वज्राचार्य नेतृत्वको १० जना गुरुको टोलीले क्षमा पूजा गर्नुभएको हो । आज बिहान १० बजेदेखि करिब तीन घन्टा क्षमा पूजा गरिएको छ । मन्दिर बाहिर प्राङ्गणमा तान्त्रिक पूजा र मन्दिरभित्र वैधिक विधिअनुसार पूजा सम्पन्न गरिएको मन्दिरका पुजारी इन्शान थापाले जानकारी दिनुभयो । साथै मन्दिर प्राङ्गणमा होमहोमादि पनि गरिएको छ ।
‘क्षमा पूजा गरियो’ थापाले भन्नुभयो, “अब साइत हेराएर दुई हप्ताभित्र गजुर झिक्ने तयारी छ ।” शुक्लपक्षको साइत हेरेपछि मन्दिरको गजुर झिक्ने तयारी जीर्णोद्वार समितिले गरेको छ । गुरुहरुले नै मन्दिरको गजुर झिक्ने साइत हेर्ने जीर्णोद्वार समितिका अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । “फागुनभित्रै गजुर झिक्छौँ” उहाँले भन्नुभयो, “गजुर झिकेपछि मन्दिर भत्काउन सुरु गरिन्छ ।” कालो बोकाको बलि चढाएपछि क्षमा पूजा सुरु गरिएको हो ।
मनकामना मन्दिर ६.५ इन्च दक्षिण पश्चिम र मन्दिरको गजुर नौ इन्च ढल्किएपछि जीर्णोद्वार गर्न लागिएको हो । करिब रु १३ करोड लागतमा एक वर्षभित्र मन्दिर जीर्णोद्वार गरिने समितिका सचिव प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यमान संरचनालाई परिवर्तन नगरी जस्ताको त्यस्तै मन्दिर पुनःनिर्माण गर्न लागिएको हो । मन्दिरको छानोमा ११ किलो सुनको जलप लगाउने समितिले तयारी गरेको छ ।
मन्दिरमा क्षमा पूजा गर्न र क्षमा पूजा अवलोकनका लागि भक्तजन, मन्दिर वरपर घर भएका स्थानीय बासिन्दा भेला भएका छन् । पुरातत्व विभागका कर्मचारी पनि क्षमा पूजा अवलोकनका लागि मन्दिर परिसर आएका छन् । जीर्णोद्वारका क्रममा पनि पूजा नरोकिने पुजारी थापाले जानकारी दिनुभयो । मन्दिर जीर्णोद्वारका लागि आवश्यक सामग्री सङ्कलन भइसकेको समितिले जनाएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया