जनतालाई अधिकार सम्पन्न नबनाउने प्रवृत्ति हाबी: अध्यक्ष दाहाल
काठमाडौँ, २ फागुन । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले जनतालाई अधिकार दिने कि नदिने भन्ने विषयमा नै दलहरुबीच तीव्र मतभेद रहेको बताउनुभएको छ ।
एमाओवादी नेतृत्वमा रहेको ३० दलीय गठवन्धनले आज यहाँ आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रमुख दलबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सम्झौता नै संविधान निर्माणको आधार भएकाले त्यसबाट पछाडि नहट्न नेपाली काँग्रेस र नेकपा(एमाले)लाई आग्रह गर्नुभयो ।
उहाँले संविधानसभामा बहुमत र अल्पमतको खेल नहुने भन्दै उहाँले केही दलले नियमित संसद् बनाउन खोजेको भएपनि त्यो सपना पूरा नहुने उल्लेख गर्नुभयो ।
वार्ताको नाममा धोकाधडी गर्ने र फेरि पनि जनतालाई अधिकार नदिने पक्षमा सत्ताधारी दल लागेको आरोप लगाउदै उहाँले सार्थक संवादका लागि विश्वासिलो वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मोर्चामा आवद्ध विभिन्न दलका नेताले सहमतिका आधारमा संविधान जारी गर्न सत्तारुढ दल तयार भए मात्रै आफूहरु सार्थक संवादको पक्षमा रहेको बताउनुभएको थियो ।
यसरी धारणा राख्नेहरुमा सभासद् लक्ष्मण राजवंशी, डिम्पलकुमारी झा, मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहलगायत हुनुहुन्थ्यो । मोर्चाले आज काठमाडौँलगायतका मुलुकभर ३५ स्थानमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको मोर्चाले जनाएको छ ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया