बङ्गलादेशको आन्दोलन थप हिंसात्मक, पेट्रोल बम प्रहार गरी थप नौ जनाको हत्या
ढाका, २४ माघ । बङ्गलादेशमा सरकारका विरुद्धमा विपक्षीहरूले गएको महिनादिनदेखि जारी राखेको आन्दोलन थप हिंसात्मक भएको बताइएको छ ।
सो हिंसामा परी शनिबार नौ जनाको ज्यान गएको छ । आन्दोलनकारीहरुले शनिबार पनि पेट्रोल बम प्रहार गरेका छन् । आन्दोलनकारीहरुले आम हड्तालको उल्लंघन गरी सवारी चलाएको भन्दै यसअघि पनि बसमा बम हान्ने गरेका छन् ।
सो आन्दोलनका कारण गएको महिनादिनमा कम्तीमा पनि ७६ जनाको ज्यान गएको पछिल्लो तथ्याङ्कमा जनाइएको छ । शुक्रबार साँझ तथा शनिबार पनि विभिन्न स्थानमा बम प्रहार भएका छन् र ती हमलामा परी कम्तीमा पनि नौ जना सर्वसाधारण मारिएका छन् ।
पछिल्लो समयमा सो आन्दोलन हिंसात्मक भएपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार मात्र शान्तिपूर्ण रुपमा सबै समस्याको समाधान खोज्न आग्रह गरेको थियो ।
त्यसैगरी विश्वका अन्य देशहरुले पनि आन्दोलनप्रति गम्भीर चासो व्यक्त गरेको जनाइएको छ । सो आन्दोलनका क्रममा हिंसा बढेको, पेट्रोल बम प्रहार गर्ने गरेको र यसमा परी सर्वसाधारण मारिने गरेको प्रति अन्तर्राष्ट्रिय रुपमा नै चासो व्यक्त गरिएको हो ।
बङ्गलादेशको दक्षिणी नगर गौर नदीमा आन्दोलनकारी विपक्षी दलका नेताहरुले गुडिरहेको ट्रकमा बम हानेका थिए । सो बमपछि लागेको आगोमा परी तीनजना नागरिक ज्युँदै जलेका थिए ।
त्यसैगरी शुक्रबार साँझ पनि सोही नगरमा भएको यस्तै प्रकारको हिंसामा परी तीनजना नागरिक मारिएका छन् । आन्दोलनकारीहरुले महिनादिनदेखि जारी राखेको आम हड्तालमा यातायात नचलाउन दबाब दिइरहेका छन् ।
तर निकै लामो समयदेखि जारी रहेको सो आमहड्तालका सर्वसाधारण नागरिकमा समस्या उत्पन्न भएको भन्दै नागरिकले स्वतस्फुर्त रुपमा सवारी चलाएका कारण उनीहरु आन्दोलनकारीको बमको शिकार भएका बताइएको छ ।
बङ्गलादेशमा गत महिनाको सुरुदेखि नै सो आन्दोलन सुरु भएको हो । त्यहाँका आठवटा भन्दा बढी विपक्षी दलले सो आन्दोलनमा सहभागिता जनाइरहेका छन् ।
प्रमुखविपक्षी नेत्री एवम् पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको दलले आन्दोलनको नेतृत्व गरेको छ । उहाँको दलसहितका विपक्षी दलहरुले गत जनवरी ५ तारिखदेखि सरकार विरुद्ध आन्दोलन थालेका हुन् ।
उनीहरुले प्रधानमन्त्री शेख हसिनाको राजिनामा मागेका छन् । प्रधानमन्त्रीले राजिनामा नदिएसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ ।
गतवर्ष भएको आमनिर्वाचन निश्पक्ष रुपमा हुन नसकेको भन्दै विपक्षी दलले सो निर्वाचन वहिष्कार गरेका थिए । उनीहरुले वर्तमान प्रधानमन्त्रीको राजिनामा र अर्काे निर्वाचनको माग गरिरहेका छन् । रासस/सिन्ह्वा
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया