जनताको चाहनाअनुरुप विकास हुनुपर्ने: मन्त्री आचार्य
विराटनगर, २२ माघ । वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले बजेटको सदुपयोग गरी जनताको चाहनाअनुरुप स्थानीय निकायलाई विकास कार्य गर्नुपर्ने विषयमा जोड दिनुभएको छ ।
विराटनगर उपमहानगरपालिकाको २७औँ नगरपरिषद्बाट पारित आव २०७२÷७३ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहको आज उद्घाटन गर्दै उहाँले आगामी दिनमा विराटनगर प्रादेशिक राजधानी र महानगरपालिकासमेत बन्नसक्ने भएकाले गुरुयोजना तयार गरी कार्य गर्नुपर्ने बताउनुभयो ।
मन्त्री आचार्यले मुलुकमा ऊर्जा सङ्कटको अन्त्य हुनासाथ विराटनगरमा उद्योग क्षेत्रको विस्तार, पर्यटकीय क्षेत्रका रुपमा परिणत हुने र स्वास्थ्य तथा शिक्षासमेतको ठूलो केन्द्र बन्नसक्ने भएकाले सो अनुरुपको विकासको वातावरण तयार गर्न आग्रह गर्नुभयो ।
उहाँले संविधानको निर्माण नभएसम्म मुलुकमा स्थिरता आउन नसक्ने र विकासले पनि गति लिन नसक्ने भएकाले संविधान निर्माण नै अहिलेको प्रमुख प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।
सो अवसरका विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख गोपालप्रसाद रेग्मीले आव २०७२÷७३ का लागि रु ४९ करोड ३८ लाख आठ हजारको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । सोमध्ये चालु खर्चतर्फ रु १५ करोड ६९ लाख ९१ हजार ४००, सामाजिक सुरक्षा भत्तातर्फ रु चार करोड ५० लाख, विकास निर्माणतर्फ रु २९ करोड १८ लाख १६ हजार ६०० सोमध्येबाट पूर्वाधार निर्माणतर्फ रु २२ करोड २१ लाख, वातावरण तथा सरसफाइतर्फ रु एक करोड ४५ लाख, सामाजिक विकासतर्फ रु पाँच करोड ५२ लाख १६ हजार ६०० रकम विनियोजित गरिएको छ ।
उक्त कार्यक्रममा सभासद्हरु अमृृत अर्याल, अशोक कोइराला, शिवकुमार मण्डल, ऋषिकेश पोखरेल, पुष्कर आचार्य, पवन शारडालगायतले उपमहानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार कार्य हुनुपर्नेलगायतका विषयमा सुझाव राखेका थिए ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया