एमाओवादी नेतृत्वको मोर्चालाई संविधानसभाबाट बाहिर ल्याउँछौंः महासचिव थापा
काठमाडौँ, ३ माघ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चालाई संविधानसभाबाट बाहिर ल्याउने प्रयासमा आफूहरु लागिरहेको बताउनुभएको छ ।
पार्टीका उपत्यकाका अगुवा कार्यकर्तालाई कुपन्डोलस्थित माओवादी जनवर्गीय सङ्गठनको कार्यालयमा प्रशिक्षण दिँदै उहाँले सत्तारुढ दलहरुले एमाओवादीको मोर्चालाई पेलेर संविधान लेख्ने तयारी गरिरहेकाले उनीहरु भूमिकाविहीन अवस्थामा संविधानसभामा बस्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।
कतिपय विषयमा अन्तरविरोध रहे पनि तत्कालीन कार्यनीतिका रुपमा मोर्चासँग सहकार्य गरी माघ ६ गतेदेखि संयुक्त रुपमा आन्दोलन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
आफ्नो पार्टीले विगतमा भनेजस्तै संविधानसभाबाट अग्रगामी संविधान बन्ने सम्भावना क्षीण बन्दै गएकाले सर्वपक्षीय राजनीतिक सभामार्फत संविधान लेख्नका लागि दबाबमूलक आन्दोलनको तयारीमा लाग्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले माघ ६ गतेदेखि सुरु हुने आन्दोलन माघ ८ गतेसम्म निरन्तर रहने जानकारी दिँदै सोहीअनुसार तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
बाइडेनको सपथ ग्रहणमा अमेरिकी प्रख्यात गायिकाहरु लेडी गागा र जेनिफर लोपेजको प्रस्तुति हुने
भर्जिनिया फेयरफ्याक्स काउन्टीमा ६५ बर्ष भन्दा माथी तथा अन्यलाई जनवरी १८ देखि खोप दिइने
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
अमेरिकामा बाइडेनको उद्घाटन सम्म कोरोनाबाट कूल ४ लाखको मृत्यु हुने ,एकैदिनमा ३७०० सयको मृत्यु
प्रतिक्रिया