रुँदै विद्यालय छिरे बालबालिका
पेसावर, २८ पुस । गत महिनामात्र पाकिस्तानको पेसावर सहरमा तालिवान आतङ्ककारीहरुले हमला गरी दर्जनौँ बालबालिकाको ज्यान लिएपछि बन्द रहेको सो विद्यालय सोमबारदेखि खुलेको छ ।
त्यो नरसंहारपछि आज पहिलो दिन विद्यालय पुगेका बालबालिका विद्यालयको मूलद्वारमा पुगेपछि सबैजना डाँको छोडेर रोएका थिए ।
करिब महिना दिनअघि आँखै अगाडि आफ्नै साथीहरु गोलीलागि मारिएको देखेका उनीहरुले सो विद्यालयमा पहिलो दिन पुगेपछि मन थाम्न सकेनन् ।
उनीहरु आजदेखि विद्यालय जान थालेको समाचारमा जनाइएको छ । गत डिसेम्बर १६ मा सो विद्यालयमा हमला गरी तालिवानहरुले १५० जनाको ज्यान लिएका थिए ।
मारिएक १५० मध्ये अधिकांश बालबालिका रहेका थिए । पाकिस्तानी सैनिकद्वारा सञ्चालित सो विद्यालयमा मारिनेमा साना नानीबाबुहरु परेकामा विश्वले नै सो घटनाको निन्दा र भत्र्सना गरेको थियो ।
सो गोलीकाण्डमा परी घाइते समेत भएका एकजना १६ वर्षीय विद्यार्थी शाहरुख खानले भने– मेरा ३० जना साथीहरुलाई हत्या गरिदिएका छन, म अब कसरी त्यो खाली कोठामा बसुँ, मेरा साथीहरुको खाली बेञ्च मैले कसरी हेरुँ ।
मेरो मुटु टुक्रा परेकोजस्तो भएको छ, मेरा जतिपनि साथीहरु थिए ती सबै गुमाएपछि म अब म त्यो विद्यालयमा उपस्थित भएर मन थाम्न कसरी सकुँला– उनले भने ।
तर बालबालिकाहरु विद्यालय आएका छन् । उनीहरु रुँदै कराँदै विद्यालय प्रवेश गरेका छन् । त्यो देखेर उनीहरुका अभिभावकहरु पनि डाँको छोडेर रोएका छन्– पेसावरबाट प्राप्त समाचारमा जनाइएको छ ।
सो विद्यालयमा २० जना जति सैनिक राखिएको छ । सो सुरक्षा घेराबाट बालबालिकालाई भित्र छिराइएको छ । उनीहरुको अगाडि अहिले त्यस्तो कुनै भौतिक वस्तुको त्रास नरहेको भएपनि ती कलिला नानीबाबुहरुको मन भने डराएकै छ ।
उक्त क्षेत्रमा विगत लामो समयदेखि नै आतङ्कवादी क्रियाकलापहरु जारी नै रहेकोमा विद्यालय तथा अस्पतालहरुमा प्राय यस्तो हमला हुने गरेको थिएन ।
तर पेसावरको उक्त विद्यालयमा गरिएको हमला पाकिस्तानी इतिहासकै सबैभन्दा क्रुर र हिंस्रक रहेको बताइएको थियो । तिनै बालबालिकाका आफ्ना साथीहरु मारिएको स्थानमा आज उनीहरु पहिलो पटक विद्यालय गएका छन् ।
विद्यालयहरुमा अपनाइएको सुरक्षाको अवस्था कमजोर रहेको अर्थात् सरकारले साना नानीहरुलाई पनि बचाउन नसकेको भन्दै सरकारको व्यापक आलोचना पनि भएको थियो ।
तर शिक्षाका अधिकारीहरुले त्यसपछि पाकिस्तानका कतिपय यस्ता विद्यालय र सम्वेदनशिल शिक्षण तथा स्वास्थ्य संस्थाहरुमा सुरक्षाको मापदण्ड अपनाइएको बताएको छ । रासस/एएफपी
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया