शिकागोमा गलत दिशा तर्फ चोरीको गाडी चालकले कुदाउदा दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ जना घाइते

इनेप्लिज २०७९ मंसिर ८ गते १४:१३ मा प्रकाशित

अमेरिकाको इलोनोइस राज्यको बिश्व चर्चित शहर शिकागोमा गलत दिशामा (रँग वे – बिपरित दिशा ) चोरीको गाडी कुदाउदा दुर्घटना २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

शिकागो प्रहरीका अनुसार चोरीको गाडी (कार)तीव्र गतिमा चालकले शिकागोको सडकमा गलत बाटोमा चलाएकोले बहु सवारी साधन(कारहरु)सँग ठोक्किदा आगो समेत लागेको थियो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने र कम्तीमा आठ जनालाई बुधबार राति अस्पतालमा भर्ना गरिएको प्रहरीले बताए ।

चाथमको दक्षिण तर्फ शिकागो छिमेकमा भएको दुर्घटनाको घटनास्थलमै तीव्र गतिमा रहेको डज चार्जर(सवारी साधन )मा रहेका दुवै व्यक्तिको मृत्यु भएको प्रहरी उपरीक्षक डेभिड ब्राउनले पत्रकारहरूलाई बताए।

छ वयस्क र दुई बालबालिका, एक १० वर्षीय बालक र एक १५ वर्षीया किशोरीलाई भग्नावशेषबाट घाइते भएका कारण अस्पताल भर्ना गरिएको प्रहरीले बिहीबार बिहान जनाएको छ। सबैजनाको राम्रो अवस्था भएको बताईएको छ ।

ब्राउनका अनुसार गाडी अघिल्लो दिन चोरी भएको जानकारी दिइएको थियो भने प्रहरी अधिकारीहरूले गाडीमा (कार)मा बन्दुक फेला पारेका थिए । अधिकारीहरूले तत्काल उक्त गाडी भित्र मृत्यु भएका दुई व्यक्तिको पहिचान हुन् सकेको छैन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया