नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले मेरिल्याण्ड बिधान सभाबाट सम्मानित

विजय थापा २०७९ असोज ४ गते २२:४० मा प्रकाशित

नेपाली समाज टेक्सस(एनएसटी)का अध्यक्ष राजेन्द्र वाग्ले मेरिल्याण्ड बिधान सभाबाट सम्मानित भएका छन् । अमेरिकाको टेक्सस राज्यमा एक दशक भन्दा ज्यादा समय देखि बस्दै आएका वाग्लेलाई टेक्ससको ड्यालसमा रही नेपाली समुदाय तथा संस्था मार्फत उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई मेरिल्याण्ड बिधान सभा सदस्य डा ह्यारी भण्डारी(बिद्या वारिधि )ले साईटेसन अर्थात् सम्मान गरेका छन् ।

टेक्सस राज्यमा सफल ब्यबसायीको साथै समुदायसंग भिजेका वाग्लेले नेपाली समुदायमा राम्रो कार्य गरेको कारण वाशिंगटन डिसी स्थित अमेरिकी विदेश बिभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन् आएका समयमा उनलाई मेरिल्याण्ड राज्यका क्षेत्र ८ का सांसद डा भण्डारीले सम्मान गरेका हुन् ।

तर वाग्लेलाई बिधान सभा सदस्य डा भण्डारीले मेरिल्याण्ड राज्यमा सम्मान नगरी पेन्सेलभेनियाको ह्यारिसबर्गमा इनास पेन्सेलभेनियाले आयोजना गरेको दशैँ तिहार समारोह बीच सम्मान गरेका हुन् ।

सामाजिक अभियन्ता वाग्ले सम्मानित भए पछि खुसि व्यक्त गर्दै यसले अझ जिम्मेबारी आफूमा आएको बताउदै समाज सेवा निरन्तर रहने ईनेप्लिजलाई बताए । उक्त सम्मान समारोहमा वरिष्ठ लोक गायक प्रेम राजा महत लगायत ह्यारिसबर्ग मै समुदायमा उल्लेखनीय योगदान गर्नेहरुलाई पनि सम्मान सांसद डा भण्डारीले गरेका थिए । उनलाई गत सेप्टेम्बर १७ ,२०२२ शनिबारका दिन सम्मान गरिएको हो ।

एनएसटिका अध्यक्ष वाग्ले बिशुद्ध समाज सेवा गर्ने व्यक्तित्व हुन् । उनि अमेरिकामा स्थापित नेपाली संघ/संस्थाहरु नेपाली राजनीतिबाट दूर हुनु पर्ने र राजनैतिक हस्तक्षेपबाट पुरै मुक्त हुनु पर्ने उनको भनाई छ । त्यसो गरेमा मात्र सँस्था फस्टाउने उनले बताए । गत निर्वाचनमा शानदार निर्वाचन जितेका वाग्ले एक सच्चा समाज सेवी हुन् ।

ईनेप्लिज परिवार सफलताको कामना गर्दछ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन् । हरेक दिन मूलधार,सामुदायिक र अन्तर्राष्ट्रिय समाचारहरु अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया