अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु

इनेप्लिज २०७९ भदौ ३ गते ०:५८ मा प्रकाशित

अमेरिकाको मिजौरीको एक घरमा भएको विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु भएको छ । घरमा इन्धन बिस्फोटमा परी घाइते भएका कारण उनको बुबाको मृत्यु भएको थियो ।

उनको आमा, दुई दाजुभाइ र अन्य पाँच आफन्तहरू घाइते भएको प्रहरी अधिकारीहरूले बिहीबार बताए ।

सुदूर दक्षिणी मिसौरी शहर व्याटमा रहेको परिवारको घरमा गत सोमबार आगलागीमा परेको थियो । बालिकालाई उपचारको लागि टेनेसीको नासभिलको भान्डरबिल्ट विश्वविद्यालय चिकित्सा केन्द्रमा लगिएको थियो। व्याट नासभिलको उत्तरपश्चिममा लगभग १७५ (२८० ) किलोमिटर)टाडा पर्दछ ।

टेनेसीका अधिकारीहरूले बिहीबार बालिकाको मृत्यु भएको मिसिसिपी काउन्टी शेरिफको कार्यालयलाई मिजौरीमा सूचित गरेका छन् ।

उनले बालिकाको नाम सार्वजनिक गर्न अस्वीकार गरे तर उनको बुबा कोरी कोलम्यान भएको उनले बताए भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

उनले बालिकाकी आमा र ६ महिनाकी बहिनीको अवस्था गम्भीर रहेको रहेको बताए ।

बालिकाको १ वर्षीय भाइ, अन्य काकाका छोरा अर्थात् दाजुभाई र एक वयस्क नातेदारहरुको पनि अवस्था स्थिर रहेको छ । उनिहरु अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया