अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या

इनेप्लिज २०७९ साउन २९ गते १५:४५ मा प्रकाशित

अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या गरेका छन ।

संसदका लागि खटिएका प्रहरीले उक्त व्यक्तिले आफैले गोली हानेको बताएका छन् ।

आइतबार विहान ४ बजे पछि उक्त घटना भएको थियो । उक्त व्यक्तिले आफ्नो कार (सवारी साधन )पूर्वी क्यापिटल मार्ग र दोश्रो गल्लीमा रहेको घेरालाई ठक्कर दिएका थिए ।

त्यसपछि उनि गाडीबाट बाहिर निस्के र गाडीबाट आगोको मुस्लो निस्केको प्रहरीले बताए । त्यस पछि उनले कैयौ गोली आकाश तर्फ हावामा गोली चलाएको प्रहरी बिभागले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

त्यसपछि प्रहरी अधिकारीहरूले उनीसँग नजिक जाँदा उनले आफैलाई गोली हाने। उक्त व्यक्तिलाई अन्य कतै चोटपटक नलागेको र व्यक्तिको नाम सार्वजनिक गरिएको छैन भनि सिएनएनले समाचारमा जनाएको छ ।

“यस समयमा यो व्यक्तिले छुट्टीमा रहेका कांग्रेसका कुनै सदस्यहरूलाई लक्षित गरेको देखिदैन, र प्रहरी अधिकारीहरूले पनि आफ्नो हतियार चलाएको जस्तो देखिदैन,” विज्ञप्तिमा भनिएको छ।

हाम्रा अनुसन्धानकर्ताहरूले उक्त व्यक्तिको पहिचान खोजिरहेको डिसीको महानगरीय प्रहरी विभागले मृत्युको अनुसन्धान गरिरहेको विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया