आइतबार, असार १२ २०७९
काठमाडौं २२:१२
वासिङटन डिसी 12:27

मेरिल्याण्डमा “बृहत कुन्ती शिला सांकृतिक कार्यक्रम ” भव्यताका साथ सम्पन्न

इनेप्लिज २०७९ असार ७ गते २३:२१ मा प्रकाशित

मेरिल्याण्डमा “बृहत कुन्ती शिला सांकृतिक कार्यक्रम ” भव्यताका साथ सम्पन्न भएको छ ।

गत जुन १९ आइतबारका दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा पुरानो श्रस्टालाई सम्मान नया प्रतिभाको प्रोत्साहन कार्यक्रम नमस्ते इभेन्ट्सद्वारा आयोजित “बृहत कुन्ती शिला सांकृतिक कार्यक्रम तथा एनआरएनए मेरिल्याण्ड च्याप्टर खुल्ला डान्स च्याम्पियनशिप कार्यक्रम २०२२ सभ्य र भब्य रुपले सम्पन्न भएको छ।

राहुल केसी, लक्ष्मण पौडेल, रमेश श्रेष्ठको संयोजनमा आयोजित कार्यक्रममा सहयोगी सस्थाको रुपमा डान्स प्रत्यियोगीताको प्रायोजन गरेको सस्था एनआरएन ए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीको सभापतित्व र एनआरएनए एनसीसी अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीवि पन्तको प्रमुख आतिथ्य तथा मेरिल्याण्डको लागि पहिलो नेपाली सभासद ह्यारी भण्डारी बिशेष अतिथि रहनु भएको थियो।

उक्त कार्यक्रममा अन्तरास्ट्रिय नेपाली कलाकार समाज (इनास) द्वारा जिउदो श्रस्टाको सम्मानार्थ वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानलाई इनास अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु लामा ,इनास अमेरिका अध्यक्ष कन्हैया सिंह परियार, इनास अमेरिका भूतपूर्व अध्यक्ष जी आर सी कृष्ण श्रेष्ठ, इनास मेरिल्याण्ड अध्यक्ष सृजन ताम्राकार, इनास भर्जिनिया अध्यक्ष राहुल के सी, इनास मेरिल्याण्ड महासचिव लक्ष्मण पौडेल लगायतले खादा , पुष्प गुच्छा र सम्मान पत्र प्रदान गर्नु भएको थियो।

बाल्टिमोरमा रहनु हुने स्थापित कलाकारहरु वरिष्ठ हास्य कलाकार रतन सुबेदी, गायक संजिव प्रधान, गायिका सरिस्मा अमात्य , आभा मुकारुंग, कल्पना देवकोटा बरिस्त लोक गायक याम छेत्री ,श्याम गुरुङ ,उदय भट्टराई लगायत कलाकार प्रवेश उप्रेती, मनिष शर्माहरुले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो।

बाल्टिमोर क्षेत्रमा रहेका सबै क्रियाशील संघसस्थालाई निमन्त्रणा गरिएकोमा लगभग सबै जसोको उपस्थिति रहेको थियो । बिशेष अथितिको रुपमा बल्तिमोरेको छाता संगठन बानाको अध्यक्ष सुभास विलास पन्त, मोना आइसी सीका अध्यक्ष अमर छन्त्याल , म्याग्दी समाज अमेरिकाका सस्थापक अध्यक्ष एबम प्रवासी नेपाली एकता समाज मेरिल्याण्ड च्याप्टर अध्यक्ष पारसमणि श्रेष्ठ बानाको उपाध्यक्ष लक्ष्मी भारती , पार्वती सिंह, भिम के सी एनआरएनए कोरिया भूतपूर्व अध्यक्ष राजु छेत्री, श्याम अकतिला ,कास्की समाज अमेरिका अध्यक्ष कुल गुरुङ, म्याग्दी समाज युएसए अध्यक्ष अर्जुन शाही, महासचिव किशोर शर्मा पर्बत समाज अध्यक्ष धन गुरुङ, महासचिव रमेश सुबेदी समाजसेवी बिजय श्रेष्ठ , मेरिल्याण्डका लागि सभासद उम्मेदबार ग्लेन गिल्हार ,नेपाली डायोस्पोरका सतिश चापागाईं सुर्योदय मिडियाबाट निलम गर्बुजा मगर लगायतको उपस्थिति रहेको थियो।

लक्ष्मण पौडेल र लोक मरासैनीले संचालन गर्नु भएको कार्यक्रममा २० प्रतिनिधिले प्रतिस्पर्धामा सहभागी जानेका थिए । जजहरुमा प्रमुख जज वरिष्ठ चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने अन्य जजहरुमा वरिष्ठ चलचित्र निर्देशक दिनेश कार्की , बानाकी भूतपूर्व अध्यक्ष चलचित्र लक्का जवानकी निर्मात्री नायिका अनुसुया वन्त , कालीसुन्दरी गायिका अन्जना गुरुङले निर्णायकको भूमिका निभाउनु भएको थियो।

एन आर एन ए मेरिल्याण्ड च्याप्टर प्रथम खुल्ला नृत्य प्रतियोगिता २०२२ मा भर्जिनियाबाट के सी डान्स सेन्टर नृत्य निर्देशक नबिन के सी /लुना श्रेष्ठ कि प्रतियोगी सरिशा अधिकारी प्रथम स्थान हासिल गरि नगद पन्ध्र सय डलर सहितको ट्रफी जित्न सफल हुनु भयो । द्वितीय स्थानमा पेनसेलभेनिया हेरिस्बर्गबाट ब्लुमिंग डान्स सेन्टर कि नृत्य निर्देशक निरु सिवाकोटी दुर्गा सिवाकोटीको प्रतियोगी कृति अधिकारी बर्ष ७ कि नगद डलर एक हजार सहित ट्रफी जित्न सफल हुनु भयो ।

ब्लुमिंग डान्स सेन्टर कै निर्त्य निर्देशक निरु सिवाकोटी दुर्गा सिवाकोटी को समूह नृत्य प्रतियोगीहरु रिस्थिका गुरुङ ,अनुप दाहाल , सलिना कडरिया , क्रिसला कडरिया , कस्मिरा अधिकारी, अन्ज्य्लिश चापागाईं नगद डलर पाँच सय सहित ट्रफी जित्न सफल हुनु भयो। बिजेताहरुलाई एनआरएनए मेरिल्याण्ड च्याप्टरका तर्फबाट अध्यक्ष राजु पराजुली लगायत समूह बानाका अध्यक्ष सुबोध विलास पन्त समूह मोना आइ सीसी अध्यक्ष अमर छन्त्याल , सतिश चापागाईंहरुको हातबाट हस्तान्तरण गरिएको थियो।

वरिष्ठ फोटोग्राफर राजिव श्रेष्ठले फोटोग्राफी गर्नु भएको कार्यक्रममा डिजे सुगन्ध श्रेष्ठ को साउण्ड रहेको थियो । इ नेपलिज ,नेपलिज डायोस्पोरा, नमस्ते इभेन्ट्स, निलम गाउले लगायत मिडिय बाट लाइभ गरिएको थियो।

डान्स प्रतियोगीहरुको प्रस्तुति पश्च्यात वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानलाई उपस्थित सम्पूर्ण अतिथि, कलाकार, र दर्सकहरुले उठेर ताली बजाई भब्य सेकुरिटीका साथ स्वागत गरिए को थियो। वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले दुइटा प्रस्तुति दिनु भएको थियो भने चर्चित गायिका कुन्ती मोक्तानले आफ्ना सुपरहित गीतहरु डाली डालीमा ,खुट्टा तान्दै गर ,चोली राम्रो पाल्पाली ,भन्छन कोहि जिन्दगि यो, नमरे बाँचे ,माथि माथि सैलुंगेमा लगायतका गीत गाउनु भएको थियो ।

कार्यक्रमलाई भब्य साथले सम्पन्न गराउन प्रतक्ष्य,अप्रतक्ष्यरुपमा सहयोग पुराउनु हुने प्रायोजकहरुमा मुख्य प्रायोजकहरु: जेन ट्राभल (ट्राभल पार्टनर),बासु सत्याल (यति रियल्टी ),प्रविन भण्डारी (केलर विल्लिएम्स ) ,मोहन थापा (इजी लिंकरेमिटान्स ),कुलमणि आचार्य (सेन्चुरी २१ ),रमेश शर्मा युवा गीतकार व्यवसायी इन्द्र थापा ,साबि थापा संरक्षक इशा फाउन्डेसन नेपाल ,कृष्ण जीवि पन्थ एनआरएनएनए सी सी वरिष्ठ उपाध्यक्ष ,अमर छन्त्याल अध्यक्ष मोना आइ सी सी ,जोहन पोखरेल (माइकल एञ्जेलो पिज्जा ),अनिता लामा, कृष्ण श्रेष्ठ (एभरेस्ट म म पलस क्रिस्पी चिकेन ),भरत सुबेदी (लोन अफिसर)नरेश के सी (डब्लुएफजि लाइफ इन्सुरेन्स ) गणेश लामिछाने (प्राइम व्होलसेल एलएलसी )पारस श्रेष्ठ (स्वदेश इन्डियन & नेपाली ग्रोसरी स्टोर / भरोशा नेपाली इन्डियन ग्रोसरी स्टोर ,कृष घिमिरे (घिमिरे होम्स ),निक अधिकारी (बाल्टिमोर बिजिनेस ब्रोकेरेज ),गोपाल बिस्वकर्मा (नासो कम्युनिटी ), गज्जब होम इन्पेक्सन , सन्दिप कार्की, ,राम भण्डारी , बिमल मल्ल , मनिष शर्मा , रमेश सुबेदी, लाल कुँवर (रागा इन्डियन रेस्टुरेन्ट ), कुशुम बानिया (परि आईब्रो थ्रेडिंग एण्ड बुटिगI ) कृष्ण के सी,राइम बुटिग फेशन कलेक्सन लकि मार्ट लगायतलाई आयोजकले धन्यबाद दिएका छन् ।

तस्बिर :राजीव श्रेष्ठ

प्रतिक्रिया