आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:३८
वासिङटन डिसी 00:53

डिसीमा गाडी भित्रै गोली हानी २ जनाको हत्या ,एक चमेनागृहका कामदार समेतलाई गोली प्रहार

इनेप्लिज २०७८ माघ ८ गते २३:०२ मा प्रकाशित

 

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा गत शुक्रबार राती र शनिबार बिहानै भएको दुई पृथक गोलाबारीमा २ जनाको मृत्यु भएको डिसी महानगर प्रहरी विभागले जनाएको छ । र ,एक जना चमेनागृहका कामदारलाई समेत गोली हानिएको छ ।

गत शुक्रबार राती करिव ६:३० बजे दक्षिणपश्चिम डिसीको फोरेस्टर मार्गमा भएको थियो । डिसी प्रहरीका अनुसार दुई जनालाई सवारी साधन भित्र नै गोली हानीएको बताए । गोली लागेको कारण उनीहरुको मृत्यु भएको थियो भने प्रहरीले कम्तिमा १३ वटा गोलीक खोलहरु फेला पारेका थिए भनि डब्लुटिओपीले समाचार लेखेको छ ।

प्रहरीका अनुसार शनिबार बिहान १ बजे चमेनागृहका एक कर्मचारीलाई ओकी गल्लीमा पछाडीबाट गोली हानिएको थियो । उनलाई अस्पताल भर्ना गरिएको छ भने उनको स्वास्थ्य स्थिती अज्ञात रहेको प्रहरीले बताए । हाल सम्म कसैलाई पनि गिरफ्तार नगरिएको प्रहरीले बताए ।

महानगर प्रहरीले ५ फिट ११ इन्च उचाई र १८० पाउण्ड भएको कालो वस्त्र लगाएको अस्वेतलाई प्रहरीले खोजी गरिएको जनाएका छन् ।

प्रतिक्रिया