आइतबार, माघ ९ २०७८
काठमाडौं १५:१७
वासिङटन डिसी 04:32

एल चापोकी श्रीमतीलाई ३ वर्षको कारागार सजाय

इनेप्लिज २०७८ मंसिर १५ गते १:५९ मा प्रकाशित

एल चापोकी श्रीमतीलाई ३ वर्षको कारागार सजाय सुनाइएको छ । जोअक्विन “एल चापो” गुजमानकी पत्नीलाई संयुक्त राज्य अमेरिकामा आयात गर्न कोकिन, मेथ,हेरोइन र गाँजा वितरण गर्ने षड्यन्त्र गरेको आरोपमा संघीय कारागार ३६ महिनाको कारागारको सजाय सुनाएको छ ।

साथै मनी लान्डरिङ(धनशोधन)र उनका पति मेक्सिकोमा लागू पदार्थ संचालनको समयमा प्रमुख हुँदा सहयोग गरेको समेत आरोप लगाईएको छ

इमा कोरोनेल एइसपुरोलाई ४८ महिना सम्म सुपरिवेक्षणमा रहनु पर्ने छ । न्याय विभागले सुरुमा चार वर्ष कारागारको सजाय मागेको थियो।

उनलाई २०२१ को फेब्रुअरीमा डिसी क्षेत्रको अन्तर्राष्ट्रिय डलस विमानस्थलबाट पक्राउ गरिएको थियो।

एल चापोलाई जुलाई २०१५ मा अल्टिप्लानो बन्दीगृहबाट भाग्न मद्दत गर्न अरूसँग षड्यन्त्र गरेको आरोप पनि उनीमाथि लगाइएको थियो । अभियोजकहरूले भने कि उनले जनवरी २०१७ मा अमेरिकामा सुपुर्दगी हुनु अघि ड्रग किंगपिनको लागि अर्को कारागारबाट भाग्ने प्रबन्ध गर्ने योजना पनि बनाएका थिए भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया