मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:३१
वासिङटन डिसी 19:46

कोलोराडोमा सौतिनी छोराको हत्यागरेकोमा सौतिनीआमा पक्राउ र उनलाई बयान लिईदै

इनेप्लिज २०७८ असोज ८ गते ११:२४ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा सौतिनी छोराको हत्या गरेकोमा सौतिनी आमा पक्राउ गरिएको छ भने उनलाई बयान लिईदै गरेको एबिसी न्यूजले जनाएको छ । कोलोराडोका न्यायधिशले ११ बर्षिय सौतिनी छोरालाई हत्या गरेको अभियोगमा उनलाई बयान लिई मुद्धा चलाइने भएको छ ।

कोलोराडो स्प्रिंग्स शहरकि महिलाले हत्या गरेको आरोपमा मुद्दा चलाइने फैसला न्यायाधीशले गत बिहीबार सेप्टेम्बर २३ का दिन सुनाएका छन् । उनले प्रमाणहरु को पुनरावलोकन गरे पछि फैसला गरेका हुन् ।

सन् २०२० को जनवरीमा आफ्नै घरमा ३८ बर्षिय लेटेसिया स्टच नाम गरेकी महिलाले ग्यानोन स्टाच नामक ११ बर्षिय बालकलाई हत्या गरेको आरोप छ ।

यस महिनाको शुरुमा एक सुनुवाईमा अभियोजनकर्ताहरूले प्रमाण प्रस्तुत गरे र अन्वेषकहरूले स्टचको जुत्तामा ग्यानोनको रगत भेट्टाएका थिए । उनको मृत्युसँग जोडिएको बन्दुकमा उनको डीएनए भेटिएको थियो ।

त्यस पछि उक्त महिला फ्लोरिडा गएकी थिइन् भने बालकको शव मार्च २०२० मा त्यहाँ भेटिएको जानकारी ग्याजेटले पत्रिकाले समाचार लेखेको थियो

पहिलो श्रेणीको हत्या बाहेक महिलालाई बाल दुर्व्यवहारको परिणामस्वरूप मृत्यु, मृत मानव शरीरसंग खेलवाड र शारीरिक प्रमाणलाई हेरफेर गरेको समेत आरोप लगाइएको छ।

प्रतिक्रिया