मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०८:३१
वासिङटन डिसी 22:46

न्युजर्सीको जर्सीसिटीको नगर प्रमुखले नेपालको झण्डा दोश्रो पटक फहराउने

इनेप्लिज २०७८ असोज १ गते २:१९ मा प्रकाशित

न्युजर्सीको जर्सीसिटी शहरको सरकारी नगर भवनमा दोश्रो पटक नेपालको झण्डा फहराईने भएको छ । न्युजर्सीक नगर प्रमुख स्टेभन फुलपले आगामी सेप्टेम्बर २० मा न्युजर्सीको जर्सीसिटी शहरको नगरभवनमा नेपालको झण्डा फहराउने भएका छन् ।

उक्त शहरको ग्रोभ मार्ग जर्सी शहरमा रहेको परिषद भवनको नगर भवनमा जर्सी शहरका प्रमुख फुलपले नेपालको झण्डा फहराउने कार्यक्रम तय भएको छ ।

स्मरण रहोस ,उक्त नगर भवन जर्सी सिटी महानगरको मुख्य प्रशासनिक सरकारी भवन हो । उक्त भवनमा अमेरिकाको झण्डा राखिएको हुन्छ । नेपालको संविधान दिवशको अवशर पारेर उक्त झण्डा फहराउन लागिएको जर्सी शहरकी रोजगार एवं तालिम समिति सदस्य डा बिष्णुमाया परियार(मानार्थ बिद्या वारिधि ) ले ईनेप्लिजलाई बताइन ।

नगर प्रमुखले नेपाल र नेपालीको सम्मानको लागि सेप्टेम्वर २० तारिख, सोमवार बिहान ११ बजेर ३० मिनेटमा नेपालको झन्डा फहराउने भएकोले सबैलाई उपस्थीतिका हुन् सामाजिक अभियन्ता डा परियारले नेपाली समुदायलाई आमन्त्रित गरेकी छिन् ।

सन् २०१७ को जुन ३० तारिख जर्सी सिटी (सहर) आफ्नो नगर भवनमा नेपालको झण्डा फहराएको थियो । जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिकी शहर हो ।

जर्सी सिटीमा डा परियारको पहलमा झण्डा फहराइएको थियो ।

प्रतिक्रिया