गैर आवासीय नेपाली संघ (टेक्सस) च्याप्टरको पदस्थापन सम्पन्न, शोफिन थापाले लिए अध्यक्ष पदको जिम्मेबारी

इनेप्लिज २०७८ भदौ १२ गते १९:५० मा प्रकाशित

गैर आवासीय नेपाली संघ (टेक्सस) शाखाको पदस्थापन कार्यक्रम सम्पन्न संगै अध्यक्ष पदमा बिजयी भएका शोफीन थापाले आधिकारिक रुपमा आजै देखि नेतृत्व लिएका छन् । उक्त पद हस्तान्तरण कार्यक्रम अगस्त २८ शनिवार सम्पन्न भएको छ ।

टेक्ससको अर्भिंग शहर(सिटी)मा आयोजना भएको कार्यक्रममा च्याप्टर(शाखा)का निवर्तमान अध्यक्ष राजेश अर्यालले नव निर्वाचित अध्यक्ष शोफीन थापालाई पद हस्तान्तरण गरेका छन् ।

नयाँ कार्यकारी समितिको उपाध्यक्ष पदमा गंगा दत शर्मा, सचिवमा चण्डी भण्डारी, सह-सचिवमा राजन भट्टराई तथा कोषाध्यक्षमा दिलिप कुमार बस्नेत रहेका छन् ।

यसैगरी महिला संयोजकमा मनिता मानान्धर तथा यूवा संयोजकमा बासुदेव केसरी रहेका छन् । त्यस्तै सदस्यहरूमा रोहित विक्रम केसरी, टंक मणि घिमिरे, भुवन सुवेदी, निश्चल चापागाँई, छविलाल हुमागाई तथा सन्तोष लम्साल रहेका छन् ।

पद हस्तान्तरण कार्यक्रममा न्यूयोर्कको भएको भलिबल प्रतियोगितामा प्रथम भएको टेक्सास भलिवल टोलीलाई समेत सम्मान गरिनुको साथै नेपाली मूलका शारीरिक सुगठनका यूवा उत्सव सिंहलाई पनि प्रशंसापत्र द्वारा सम्मान गरिएको छ ।

समारोहमा एनआरएनए आईसीसीका सचिव गौरी राज जोशी, क्षेत्रीय उप संयोजक राम सी पोखरेल, एनआरएनए अमेरिकाका उपाध्यक्ष विकास उप्रेती, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष सुनिल साह, नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने, एएनएका अध्यक्ष विजय राज भट्टराई लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया